भिजिट भिसाका नाममा ठगी, युएईबाट फर्किन ज्ञानु

उज्यालो प्रतिनिधि २६ फाल्गुन २०८१, सोमबार प्रवास

अशिम लोप्चन तामाङ / स्पेन। भिजिट भिषामा युएई पुर्याइएकी एक चेलिको नेपालीहरुले उद्वार गरि स्वदेश फर्काएका छन् । कम्पनीमा काम लगाउने आश्वासन दिएर युएई लगिएकी चेली ५ महिनासम्म घरेलु कामदारका रुपमा काम गरेकी थिइन् । मासिक ७०-८० हजार तलवको लोभ देखाएका विचौलियाले ३ लाख ५० हजार लिएका थिए । रामेछापकी ज्ञानु वाइवालाई नेपाल एसोसिएसन-एनआरएनए युएई र एनआरएनए मध्यपूर्व संयोजक रमेश श्रेष्ठको पहलमा उद्वार गरिएको हो । ५ महिनासम्म विना तलब घरमा काम गर्दै आएकी ज्ञानुले आफू ठगीमा परेको दुखेसो पोखेपछि उद्वार गरिएको थियो । नेपाल एसोसिएसन- एनआरएनए युएईले टिकट लगायत आवश्यक कागजातहरु मिलाएर स्वदेश पठाएको हो । नेपाल एसोसिएसन – एनआरएनए एनसिसि युएईका उपाध्यक्ष एवं राहत उद्वार संयोजक भिम मल्ल ठकुरीको व्यवस्थापनमा ज्ञानुलाई सहयोग गरी नेपाल पठाइएको हो ।साथै विमानस्थलमा पुर्याउन नेपाल एसोसिएसन- एनआरएनए युएईका सचिव कुमार श्रेष्ठ र उपाध्यक्ष भिमा मल्ल ठकुरी पुगेका थिए ।

ज्ञानु यसअघि ४ वर्ष साउदीमा थिइन् । चिनेजानेकै व्यक्तिले दलाललाई भेट गराएर युएई लगेका थिए । रुपन्देही सैनामैनाका धनबहादुर घर्तीउर्फ हरि नेपालले ज्ञानुलाई युएई पठाएका थिए । ठगीमा परेको भन्दै पीडितले आफ्नो रकम फिर्ता माग गरेकी थिइन् तर हरिले रकम फिर्ता नहुने भन्दै पछि कल रिसिभ गर्नै छाडेका थिए ।

मध्यपूर्व संयोजक रमेश श्रेष्ठ युएईमा कार्यरत छन् ।उनले समस्या परेका धेरै नेपालीलाई सहयोग गर्दै आएका छन् । उनी नेपाल एसोसिएसन – एनआरएनए – एनसिसिका पूर्व अध्यक्ष समेत हुन् । श्रेष्ठले व्यक्तिगत श्रम गरेर विदेश जादा धेरै नेपाली ठगिन पुगेको बताए । ‘विदेश जानू पहिले धेरै सोचविचार गर्नुपर्छ, विचौलियाको विगविगी छ`, उनले भने, आकर्षक तलवको लोभ देखाएर लाखौं ठगि गर्ने प्रवृत्ति मौलाएको छ, सर्तक हुनुपर्छ ।’ नेपाल एसोसियसन – एनआरएएनए युएईका अध्यक्ष विकाश शाहिले विचौलिहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए । ‘भिजिट भिषामा छिटो विदेश लगिदिने भन्दै विचौलिया सक्रिय छन्’, उनले भने, ´राज्यका निकाय चनाखो बन्नुपर्छ, ठगी रोक्नुपर्छ ।’

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार