गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि गलकोटलाई

उज्यालो प्रतिनिधि १८ फाल्गुन २०८१, आईतवार खेल

कास्की, कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुषतर्फ बागलुङको गलकोट नगरपालिकाले उपाधि जितेको छ । यसैगरी महिलातर्फ शान्ता भलिबल ट्रेनिङ सेन्टर पोखरा च्याम्पियन बन्न सफल भयो ।

माछापुच्छे–७ धम्पुसमा शनिबार सम्पन्न भएको फाइनल खेलमा अघिल्लो वर्ष उपविजेता बनेको गलकोटले तनहुँको शुक्ला गण्डकी नगरपालिकालाई ३–१ सेटमा हराउँदै च्याम्पियन बन्यो । गलकोटले २५–२०, २५–१२, १६–२५ र २५–२०ले खेल आफ्नो पक्षमा पारेको थियो ।

च्याम्पियन बनेको गलकोटले नगद रु दुई लाखसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता शुक्ला गण्डकीले नगद रु एक लाख, ट्रफी र मेडल र प्रमाणपत्र प्राप्त गर्यो । सेमिफाइनल पुगेका बागलुङको निसिखोला गाउँपालिका नवलपुरको बौदीकाली गाउँपालिकाले रु ५० हजारका दरले पुरस्कार पाए ।

पुरुषतर्फ गलकोटका रेशम छन्त्याल उत्कृष्ट खेलाडी घोषित भए । शुक्ला गण्डकीका विष्णु क्षेत्री उत्कृष्ट स्पाइकर, अनिस कुमाल मिडल ब्लकर, क्रिस मल्ल ठकुरी उत्कृष्ट डिफेन्डर, गलकोटका मीन सुनार उत्कृष्ट सेटर, चिरन खड्का उत्कृष्ट सर्भर र सुरेन्द्र केसी उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । उनीहरूलाई पालिकाको लोगोअङ्कित खेलकुद पोशाक पुरस्कार प्रदान गरिएको थियो ।

महिलातर्फ उपाधि चुमेको शान्ता भलिबल ट्रेनिङ सेन्टरले नगद रु एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । त्यसैगरी बागलुङ नगरपालिका बागलुङ द्वितीय भई नगद रु ५० हजार ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । सेमिफाइनलनमा उपविजेता बनेका माछापुच्छ्रे गाउँपालिका ‘ए’ र ‘बी’ले नगद रु २५–२५ हजार प्राप्त गरे ।

त्यसैगरी प्रतियोगिताको महिलातर्फ शान्ता भलिबल ट्रेनिङ सेन्टरकी निरुता शाही उत्कृष्ट खेलाडी, बागलुङ नगरपालिकाकी सोडा थापा उत्कृष्ट स्पाइकर, सलिना गुरुङ उत्कृष्ट डिफेन्डर, शान्ता भलिबल ट्रेनिङ सेन्टरकी शोभा पाइजा मिडल ब्लकर, टेनिशा छन्त्याल उत्कृष्ट सेटर, रोस्मिना गुरुङ उत्कृष्ट सर्भर र दिनेश चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए ।

उपाधि विजेता टोली तथा विधागत उत्कृष्ट खेलाडीलाई गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्याललगायतले पुरस्कार वितरण गर्नुभएको थियो । माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा पयर्टकीय क्षेत्र धम्पुसमा यही फागुन १४ गतेदेखि तेस्रो संस्करणको माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता भएको हो । प्रतियोगितामा पुरुषतर्फ १६ र महिलातर्फ पाँच टोलीले प्रतिस्पर्धा गरेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार