काभ्रे (खानीखोला) । खानीखोला गाउँपािलका स्तरीय हाजिरीजवाफ प्रतियोगितामा कुमारी माध्यमिक विद्यालय प्रथम बनेको छ । शुक्रबार भएको प्रतियोगितामा खानीखोला गाउँपालिका वडा नं. ०४ स्थित कुमारी माविले प्रथम स्थान हासिल गरेको हो ।
त्यसैगरी खानीखोला गाउँपालिका वडा नं. ०५ स्थित जनविकास माध्यमिक विद्यालय द्धितिय बनेको छ । प्रतियोगितामा वडा नं. ०२ स्थित बालविकास माध्यमिक विद्यालय तृतीय र ०७ नम्बर वडास्थित जनहित माध्यमिक विद्यालय तृतीय बनेको खानीखोला गाउँपालिकाका सरकारका सामाजिक विकास शाखा संयोजक निशान मोक्तानले बताए ।
वडा नम्बर ०४ का अध्यक्ष समेत रहेका मोक्तानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य शिक्षा शाखाका प्राविधिक सहायक चक्र थापाले राखेका थिए । गाउँपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्बा प्रमुख अतिथि रहेको प्रतियोगितामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवनराज अर्याल, लेखा शाखाका प्रकाश अधिकारी, सुचना प्रविधि अधिकृत अर्जुन भुजेल लगायत उपस्थित थिए ।