आँबुखैरेनी अस्पतालमा मुख तथा दन्त उपचार सेवा थप, अध्यक्ष शुक्र चुमानले गरे शुभारम्भ

उज्यालो प्रतिनिधि ३ फाल्गुन २०८१, शनिबार गण्डकी प्रदेश

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालले सेवा विस्तार गरिरहेको छ । सेवा विस्तारको क्रममा अस्पतालले ‘दाँत बलियो भए आँत बलियो हुन्छ, आँत बलियो भए पालिका नै बलियो हुन्छ’ भन्ने नाराका साथ मुख तथा दन्त उपचार सेवा थप गरेको हो ।

मुख तथा दन्त उपचार सेवाको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले शु्भारम्भ गर्नुभयो । सो अवसरमा अध्यक्ष चुमानले आमनागरिकलाई सर्वसुलभ तवरले स्वास्थ्य सेवा प्रदान गराउन प्रयत्न भइरहेको र सोही अनुसार सेवा थप गरिएको बताउनुभयो । सेवा विस्तारको क्रममा अस्पतालमा चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजले विशेषज्ञ सेवा दिने भएको छ । आँबुखैरेनी गाउँपालिकासँग भएको स्वास्थ्य सेवासम्बन्धी सम्झौता अनुसार मेडिकल कलेजले विशेषज्ञ सेवा दिने भएको गाउँपालिकाले जनाएको छ ।

आँबुखैरेनी गाउँपालिका अध्यक्ष चुमान र चितवन मेडिकल कलेजका निर्देशक प्रताप देवकोटाले सम्झौतापत्रमा एक साताअघि हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार प्रत्येक १५ दिनमा विशेषज्ञ सेवा उपलब्ध गराउनका लागि आँबुखैरेनीको मागबमोजिम चितवन मेडिकल कलेजले विशेषज्ञ चिकित्सक उपलब्ध गराउने छ । आँबुखैरेनी गाउँपालिकावासीलाई चितवन मेडिकल कलेजबाट उपलब्ध गराउने उपचार सेवामा २० प्रतिशत रकम छुट हुने छ । पालिकाको विकट क्षेत्रलाई केन्द्रित गरी निःशुल्क विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर सञ्चालन गर्नलाई आवश्यक जनशक्ति र उपकरण मेडिकल कलेजले उपलब्ध गराउने सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । आँबुखैरेनी गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर अस्पताल सञ्चालन गरेको छ ।

अस्पतालबाट विशेषज्ञ सेवासमेत दिन थालिएको छ । चितवन मेडिकल कलेजसँग भएको सम्झौताले गाउँपालिकावासीलाई स्वास्थ्य सेवा लिन थप सहज हुने अध्यक्ष चुमानको विश्वास छ । विसं २०७९ मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकी स्तरोन्नति, बन्दीपुर, गोरखाको पालुङटार, सहिद लखन र चितवनको इच्छाकामना गाउँपालिकाका जनतालाई सेवा दिइरहेको छ । अस्पतालबाट चौबिसै घण्टा आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायत सेवा प्रवाह भइरहेको छ । गाउँपालिकाले वडा कार्यालय भवन, गाउँपालिकाको सभा हलमै अस्पताल सञ्चालन गरेको हो ।

गाउँपालिकाले यस क्षेत्रमा ट्रमा अस्पताल बनाउने लक्ष्य राखेको छ । आँबुखैरेनी गाउँपालिका–१ स्थित सत्र सयमा सार्वजनिक र मित्रता माध्यमिक विद्यालयको समेत गरी करिब दुई सय रोपनी जग्गामा अस्पताल बनाउन सकिने अध्यक्ष चुमानले बताउनुभयो । चुमानले भन्नुभयो, “तनहुँको दमौलीबाट पूर्व लागेपछि ५० किमी दुरीमा एउटा पनि सरकारी अस्पताल छैन, कुनै दुर्घटना भयो भने उपचारका लागि चितवन वा काठमाडौँ दौडिनु पर्छ । राष्ट्रिय ट्रमा सेन्टरमा रहेका आवासीय चिकित्सक ल्याउन सकिए धेरै जनाको ज्यान बचाउन सकिन्छ ।”

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार