सुनिलस्मृति–८ मा जनयुद्ध दिवस भव्य रूपमा सम्पन्न, सहिद परिवारलाई सम्मान तथा आर्थिक सहयोग

उज्यालो प्रतिनिधि २ फाल्गुन २०८१, शुक्रबार समाचार

डि एस संघर्ष / रोल्पा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सुनिलस्मृति गाउँपालिका–८ नं. वडा समितिको आयोजनामा ३० औं जनयुद्ध दिवसको अवसरमा शुभकामना आदान–प्रदान तथा शहीद परिवार सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता नेकपा (माओवादी केन्द्र) वडा नम्बर ८ का पार्टी अध्यक्ष क. पदम बहादुर पुन मगरले गरेका थिए भने प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समिति सदस्य तथा रोल्पा जिल्ला समन्वय समितिका सचिव क. पूर्ण बहादुर ओली (ज्वाला) रहेका थिए। विशिष्ट अतिथिका रूपमा नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सल्लाहकार समिति सदस्य क. पूर्ण बहादुर पुन, अतिथिहरूमा नेकपा (माओवादी केन्द्र) सुनिलस्मृति गाउँपालिकाका पार्टी सचिव क. सुदर्शन पुन मगर, गाउँपालिका सचिवालय सदस्य तथा वडा अध्यक्ष क. धनराज रोका मगर लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको अवसरमा महान् जनयुद्धको क्रममा बलिदान भएका वीर शहीद क. झम बहादुर रोका मगर (विशेष) का पिता भार्ते रोका मगरलाई सम्मान गरिएको थियो। प्रमुख अतिथि ओलीले दोसल्ला ओढाएर सम्मान गर्दै नगद सहयोग तथा सम्मानपत्र प्रदान गरे। त्यस्तै सुनिलस्मृति गाउँपालिका वडा नं. ८ निवासी योगेश विक काठमाडौँमा डेरा गरी बस्ने क्रममा निधन भएपछि उनको परिवारलाई वडा पार्टीको तर्फबाट रु. १०,००० नगद आर्थिक सहयोग गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ओलीले माओवादी केन्द्र सधैँ सर्वहारा वर्गको पक्षमा रहेको बताउँदै नेपाली जनताको हितका लागि गरिएको जनयुद्धलाई कसैले विकृत रुपमा चित्रण गर्न नहुने बताए। उनले आगामी निर्वाचनमा माओवादी केन्द्रले आफ्नै बलबुतामा देशभर एकल बहुमतका साथ विजय हासिल गर्ने दाबी गरे।

गाउँपालिका सचिव सुदर्शन पुनले सरकारले विनियोजन गरेको बजेटलाई पारदर्शी रूपमा प्रत्येक वडामा कार्यान्वयन गर्दै गाउँपालिकालाई नमुना बनाउन निरन्तर प्रयास भइरहेको बताए । वडाध्यक्ष धनराज रोकाले आफ्नो कार्यकालभर जनताको समस्यालाई जिउज्यान लगाएर समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले टोलटोलमा पुगेर सानातिना समस्या समाधान गर्ने नीति अपनाएको बताए । कार्यक्रममा विभिन्न व्यक्तिहरूको विशेष उपस्थिति रहेको थियो भने स्थानीय स्तरमा जनयुद्ध दिवसको सन्देश फैलाउँदै शहीदहरूको योगदान स्मरण गरिएको थियो।

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार