‘एक घर एक धारा’ का लागि तीन लाख लिटरको ट्याङ्की

उज्यालो प्रतिनिधि १ फाल्गुन २०८१, बिहीबार समाचार

धुलिखेल, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलका नागरिकलाई ‘एक घर एक धारा’ अभियानअन्तर्गत खानेपानी वितरणका लागि तीन लाख क्षमताको खानेपानी ट्याङ्की निर्माण गरिने भएको छ ।

एकीकृत खानेपानी आयोजनामार्फत एक घर एक धारा वितरणका लागि डाँडागाउँ खानेपानी ट्याङ्की निर्माण तथा पाइपलाइन विस्तार योजना निर्माणकार्य बुधबारदेखि सुरु भएको छ ।

निर्माणकार्य शुभारम्भ गर्दै नगर प्रमुख शान्ति रख्त शाक्यले सबै नागरिकको घरमा खानेपानी पु¥याउने नगरको योजना रहेको बताए । यसअघि काभ्रे उपत्यका एकीकृत खानेपानीअन्तर्गत पानी आपूर्ति गर्दै आएकामा गत असोज १२ गते गएको बाढीले क्षति पुगेपछि नगरपालिकामा फेरि खानेपानीको समस्या भएको उनले बताए ।

नगरप्रमुख शाक्यले बनेपा नगरपालिकाले सबै वडाका नागरिकहरुलाई एक घर एक धारा जडानको उद्देश्यअनुरुप खानेपानीलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताए । खानेपानीमा राजनीति नगरी समस्या समाधान गर्ने काममा सहयोग गर्न उनले सबै नगरवासीलाई आग्रह गरे ।

नगर उपप्रमुख बिमला सापकोटा दाहालले बनेपा नगरपालिका–६ ले सुरु गरेको अभियानमा नगरपालिकाको पूर्ण समर्थन रहेको र यसका लागि आवश्यक बजेट तथा समन्वयका लागि नगरपालिका तयार रहेको बताए । उनले खानेपानी, सडक, स्वास्थ्य जस्ता विकासमा सबै नगरवासीले साथ र सहयोग गर्नुपर्नेमा जोड दिए ।

बनेपा नगरपालिका–६ का वडाअध्यक्ष सचितानन्द केसी पहिलो चरणको खत्रीगाउँ डिपबोरिङको काम ९९ प्रतिशत सम्पन्न गरी धारा वितरण गरिसकेको बताउछन् । उनले दोस्रो चरणको योजनाबाट डाँडागाउँ क्षेत्रका करिब एक हजार जना लाभान्वित हुने बताए । “तीन लाख लिटर क्षमताको ट्याङ्की निर्माण सम्पन्नपश्चात् तेस्रो चरणका लागि रु ७० लाख विनियोजन गरिएको छ । यसबाट तल्लोटोल रातमाटे, न्यौपाने टोल, राममन्दिर, भक्तेश्वर क्षेत्रका नागरिक लाभान्वित हुनेछन्”, उनले भने ।

सबै पानीका मुहान एकीकृत गर्न गठित समितिका संयोजक कृष्णबुद्ध बजगाईंले वडावासीको समग्र हितका लागि छरिएका मुहानलाई एकीकृत गर्न भएको सहमतिअनुसार तीव्र गतिमा काम अगाडि बढिरहेको बताए । “हामी सबै राजनीतिक दल, स्थानीय उपभोक्ता र जनप्रतिनिधिको संयुक्त भेलाबाट छरिएका मुहान एकीकृत गरेर संयुक्त रूपमा पानी ट्याङ्कीमार्फत वितरण गर्न सहमत भएका हौँ । सोहीअनुसार काम अगाडि बढेको छ”, उनले भने ।

डाँडागाउँ खानेपानी ट्याङ्की निर्माण तथा ‘पाइपलाइन’ विस्तार योजनाका संयोजक सुनिल घर्ती मगरले रु ३५ लाख ३० हजारमा लाइन विस्तार र खानेपानी ट्याङ्की निर्माण सम्पन्न हुने बताए । नगरस्तरीय योजनाअन्तर्गत रु पाँच लाख ३० हजार उपभोक्ताबाट र बाँकी ३० लाख नगरपालिकाबाट बेहोर्ने उनले बताए ।

खत्रीगाउँमा रहेका सातवटा मूललाई एकीकृत गर्ने र थप पानीको स्रोतका लागि ‘डिपबोरिङ’ गरिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार