फागुन १ र २ गते शहीद लखन गाउँपालिकामा सार्वजनिक बिदा

गोरखा । नेपालका प्रथम सहिद लखन थापामगर र उनका सहयोद्धा जयसिंह चुमी राना मगरको १४८ औं स्मृति दिवसको अवसरमा शहीद लखन गाउँपालिकाले फागुन १ र २ गते सार्वजनिक बिदा दिएको छ । गत माघ २३ गतेको गाउँ कार्यपालिका बैठकबाट निर्णय गराएर दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रथम सहिद थापामगर र उनका सहयोद्धा चुमीमगर लगायतका लोकतान्त्रिक गणतन्त्र स्थापनाका निम्ति बलिदान प्राप्त गर्ने सहिदको स्मृति र सम्मानमा दोस्रो लखन कप अन्तरवडा पुरुष भलिबल प्रतियोगिता लगायतका विभिन्न समारोह पनि आयोजना गरिएको गाउँपालिकाले मंगलबार सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ ।

फागुन १ र २ गते गाउँपालिकाभित्रका सरकारी कार्यालय तथा विद्यालयहरुलाई सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार