यान प्रसाद गौतम (आलोक)लाई मैले २०४९ साल देखि चिनेको हो। तत्कालीन सम्युक्त जनमोर्चाका प्रखर बक्ता आलोक एमालेको तिखो आलोचक थिए, त्यसै भएर एमालेजनहरु ‘जनमोर्चाले यान प्रसादलाई एमालेको खेदो गर्नै पालेका हुन्की’ भनेर सन्देह गर्थे। अत्यन्तै अध्यायनशिल, अहोरात्र खटनपटन, तार्किक र सम्मोहनशक्ती उनका बिशेषताहरु हुन। सानैमा एकाग्रता पुर्वक कम्युनिस्ट पार्टीमा लागेका आलोक उमेर नछिप्पीदै खाँटी नेता बने। उनलाई म एक झर्रा कम्युनिस्ट नेता ठान्दछु ।
जनयुद्धमा उनको भूमिका
काभ्रेका आलोकको कार्यक्षेत्र पुर्व नै भएकोले हामी पश्चिमकासंग जनयुद्धको शुरुकालमा संगत भएन। तर रोल्पा रुकुममा हामी प्रहरी चौकी कब्जा गर्न नसकीरहेको अबस्थामा पूर्वमा भटाभट चौकी कब्जा भैरहेको थियो। डोल्पाको त्रिवेणी चौकी र प्यूठानको लुङ चौकी आक्रमणमा हामी असफल भईराख्दा पुर्वमा रामेछापको बेथान चौकी आक्रमण सफल भएको थियो। पश्चिममा हामीले रोल्पाको निम्री एम्बुस र रुकुमको क्युबाङचौर एम्बुस सफल गराइराख्दा पूर्वले धनुषाको मिठीलेश्वर चौकी कब्जा गर्दै थियो। रामेछापको बेथानमा कब्जा गरेको एक थान राइफल पठाइदिएर हामीलाई पूर्वले ढाडस दिंदै गर्दा पश्चिममा योजनाहरु सफल नहुँदा हामी शर्मिन्दा भएका थियौं।
पार्टीले जनयुद्धको चौंठो योजनामा धक्काको अबधारणा लियो, २०५५ कार्तिक १० गतेलाई पहिलो धक्काको रुपमा निर्धारण गरियो। यस क्रममा पश्चिमले रोल्पाको धौलाबाङ चौकी र रुकुमको चुनबाङ चौकी आक्रमणको योजना बनायो तर धौलाबाङ चौकी आक्रमणमा उद्धेश्य अनुसारको हतियार प्राप्ति भएन भने चुनबाङ चौकी आक्रमण हुनु पहिले नै योजना खुलेर सेल्टर मै भिडन्त भएर आक्रमण नै सम्भव भएन। पुर्व आफ्नो योजनामा पुनः सफल रह्यो, धक्काकै दिन काभ्रेको फलाँटे प्रहरी चौकी कब्जा गरि ४ थान राइफल लिन सफल भयो।
यसरी पुर्वले पहल लिनुमा आलोकको प्रत्यक्ष कमाण्डको कमाल नै मान्नु पर्दछ। पश्चिमको आक्रामकता माथि प्रश्न उथ्यो, आलोकले नि अौला ठड्याए। वास्तवमा क बादलको कार्बाही पछि पश्चिमको कमाण्ड सुस्पष्ट टङ्ग्रीएको थिएन, पछि फिल्डबाट चिरेर मात्र पश्चिमले गति लियो। वास्तवमा नेतृत्व र कमाण्ड पावरको स्पष्टता यो पेरियडको घटनामा देख्न पाइन्छ।
खटपट र अन्तरबिरोध:
२०५५ मंसिर १० मा सल्यानको झिम्पेमा रहेको पाथिभरा टावर कब्जा गर्दै पश्चिम कमाण्ड लम्कियो, STF बनाएर हुर्रिएको पश्चिमले प्लाटुनहरुको पुनर्गठन गर्दै चर्चित DSP ठुले राई कब्जा लगायतका श्रृङ्खलाबद्ध सफलता हासिल गर्दै जनसेनाको क्षमताको गुणात्मक अभिबृद्धि, नेतृत्वको रक्षा(ठुले राई र देव गुरुङ सातफेर) तथा जनधनको रक्षा र आधार इलाकाको बिस्तार र सशक्तीकरण गर्दै गर्दा पुर्व केही मत्थर भएको जस्तो, पश्चिम पश्चिम फैलिने, मध्य पश्चिम फैलिने र पूर्व पूर्व फैलिने नीतिका बिपरित पुर्वले काठमाण्डौ वरिपरि बढी जोड र आक्रमण गरेको देखियो। यहीं कतैबाट मुख्य नेतृत्वसँग अन्तरबिरोध र तकराब भएको देखिन्छ। यसको असर फिल्डमा देखिनु स्वभाविक थियो र सतहमा देखिँदै आयो। महत्वाकांक्षा नहुनेले नेतृत्व गर्न सक्दैन तर बस्तुगत आबश्यकता भन्दा बढी आकांक्षा हुँदा घातक हुन्छ, सायद त्यही भयो उनलाई।
कारबाही र हामीसँग आलोक
शुरुमा उपत्यकामा काम गर्ने कमरेडहरुसंग क्षेत्राधिकारको बिबाद जस्तो देखिएको अन्तरबिरोध पछि चुलिँदै गयो, अन्तरबिरोधी समस्याहरु समाधान गर्नुको सत्ता त्यो अन्तरबिरोध केन्द्रतिर सर्दै गयो र अन्तत: त्यस बिषयलाई उनले अस्तित्वको सवाल बनाए, सच्चिनुको साटो उनले मुख्य नेतृत्वको बिरुद्ध धावा बोल्न शुरु गरे। चौंठो योजनाको अन्त्यतिर क आलोक माथि संगठनात्मक कारबाही भएपछि उनलाई पश्चिम कमाण्ड अन्तरगत दाङमा हामीसंग राख्ने ब्यबस्था भयो। भूमिगतकाल, नापेर गतिबिधि गर्नु पर्ने तर उनलाई दैनिक पत्रिका पुर्याईदिनु पर्ने, उनले मागेको अध्यायनको सामाग्रीहरु पुर्याइदिनु पर्ने, त्यो निकै गाह्राे काम थियो। तै पनि जसोतसो जुताईदिन्थ्यौं। पढेको पढ्यै, लेखेको लेख्यै, चुरोट ब्वाङब्वाङती उडाएका छन्, अध्यायन गरेकै छन्। न्युरोविन सुई हो भन्थ्ये, आफैले आफैलाई सुई लगाउँथे। हामीलाई नियन्त्रणमा राख्न पार्टीले जिम्मा दिएको थियो, उता केन्द्रीय नेता त्यसमा पनि त्यस्तो अदभूत जस्तो लाग्ने मान्छे। उनले यो कारबाहीलाई सामान्य संगठनात्मक कारबाहीका रुपमा मात्र लिएका रहेछन्। त्यसबेलासम्म माग पुर्ति गरिदिने बाहेक अरु समस्या थिएन।
आलोक प्रवृतीको किटान, पत्रिका र क. आलोकको मनोदशा
केन्द्रीय समितिको बैठकले पार्टी भित्रको अन्तरबिरोधको विश्लेषण सहित त्यस पटकको अन्तरबिरोधको पटाक्ष गर्दै आलोक प्रवृत्तिको रुपमा ब्याख्या र संशलेषण गर्यो। एकदिन उनले पार्टी निर्णयबारे एक पत्रिकामा पढिसके पछि उनको मनोदशा एकदम अनौठो र डरलाग्दो भयो, पत्रिका पढिसकेपछि उनको खलखल्टी पसिना झर्यो, पानी खाकोखाई पसिनाको धारा छुटेको छुट्याई, बिकृत अनुहार, दारा किटेको छ, थरथरी काँपेको छ,’खत्तम भो, खत्तम’ भनेका छन्। मलाई भने कसरी हेन्डिल गर्ने भन्ने चिन्ता भयो। पिसाब फेर्न जाने बाहानामा भाग्न खोज्ने, राती सबै सुतेको मौका छोपी भाग्न खोज्ने जस्ता क्रियाकलाप हुन लागेपछि म आफै उनीसंगसंगै रहन थालें। एक दिन क जनार्दन शर्मा आउनु भयो, बाफरे दुईजनाको बहस भनु कि झगडा देखेर मेरो होसै उडला जस्तो, दुबै आगो अलाप्ने नेताहरुको बहस। राख्ने हेर्ने जिम्मा मेरो थियो, मैले बहस र खरो प्रस्तुति नअपनाएर सम्मान र नियन्त्रणको नीति अपनाएँ। एक त मेरो नियन्त्रणबाट फुट्किएलान् भन्ने चिन्ता थियो भने यति गम्भीर आघातको बेला सुसाइडको बाटो अपनाउलान् भन्ने चिन्ता पनि भयो। अब त पढने लेख्नेको परैको कुरा, भएका किताब, पत्रपत्रिका र लेखेका सबै नोटहरु च्यातेर धुजाधुजा पारेर फाले। रातदिन नसुत्ने, खाली बर्बराउने, कुरा पनि ठिक ढङ्गले नगर्ने, सही मिजास र नजर नदेखे पछि बहुलाएका पो हुन कि भन्ने पनि लाग्ने। तर हर प्रयासबाट उनलाई सामान्यकरण गराउने कोशिश गर्यौं। भत्किनु भत्काउनु सजिलो हुन्छ तर समाल्नु चानचुने हुदैन। कति गालि खाइयो, उनले म माथि हात मात्र हालेनन्, थुकेर मुखभरी सेत्तैसम्म पारिदिए, तर पनि उनको प्यारो मान्छे भएरै बसें।
शुरुमा क. रचनासंगको सम्बन्धमा क. आलोकलाई साँस्कृतिक कारबाही भनिएको थियो, कारबाही पश्चात क. रचनालाई पनि पश्चिम कमाण्ड मै लिइएको रहेछ। उनको अबस्था अलिक सुद्रिन्छ कि भनेर क. रचनालाई दाङको हाँसीपुरको हामी बसेको गाउँमा ल्याउन लगाएर भेट गरायौं। त्यस दिन दुई जनालाई दिनभर बस्ने ब्यवस्था मिलाई दियौं, दिनभरको बसाइ पछि पनि मनोबिज्ञान हेर्दा अझै धित मरेको देखिएन। दुवैको हाउभाउ हेर्दा गल्तीको महसुुस भन्दा पनि मक्सदमा फेल भएको आभाष झल्कन्थ्यो।
प्यारधाराको त्यो बसाइँ
हाँसीपुरबाट उनलाई लिएर दाङ कै स्यूजाको प्यारधारा गयौं। त्यहाँ झन्दै २ हप्ता राख्यौं। उनलाई अरुले हेन्डिल गर्न सम्भब थिएन। त्यहीं घर भएका प्रमोद मेरा सहयोगी थिए। मलाई अराङखोला देखाएर उनले ‘त्यो खोला कटाउने भनेका होलास् ई… जान्छु’ भन्थे, अराङखोला पारि रोल्पा जिल्ला भएकोले यसो भनेका हुन्। मसंगको सङ्गतले त्यसबेलासम्म उनी मानसिक रुपमा सन्तुलनमा आइसकेका थिए, पढने लेख्नेको नामै लिदैनथ्ये। त्यसबेलासम्म यति नजिकको साथी भइसकेका थियौँ कि मैले जे भन्थें उनले सबै मान्थे, म पनि उनलाई मनै देखि जरुरी आदर सत्कार गर्थें। अन्तरङ्ग कुराकानी चल्थ्यो, त्यतिविधि सकृय मान्छे अरु के पो गर्थे र, खाली चेस खेलौं कि चेस खेल्यौं भन्थे। जति खेले नि उनैले हराउने अनि म खेल्दिन भन्थें तर हातबाट तानि तानि लगेर खेल्न लगाउँथे, खेल्दाखेल्दा यति अमन भएँ कि त्यसपछि चेस खेल्न नै छादिदिएँ।
क. आलोकसंगको बिदाई
२०५७ आषाढ अन्तिमतिर जिल्ला कार्यालयले बोलाए पछि अरु साथीहरूलाई जिम्मा लगाएर म हिड्ने भएँ, उनीसंग भेटेर सबै कुराहरु बताएँ। साथीहरूले पनि मैले झै हेरबिचार र सुरक्षा गर्ने छन् भनेर आश्वासन दिएँ तर उनको मनले मानेको देखिएन, तै पनि त्यति विधि बुझेको मान्छे ‘ल जानुस्’ भने। फेरि पनि आइन्छ भन्ने लागेको थियो र उनलाई नि आउलान् भन्ने लागेको थियो होला तर त्यस पटक लुम्बिनीका कपिलवस्तु, अर्घाखाँची र गुल्मी अनि धौलागिरीका बाग्लुङ, म्यादी र मुस्ताङलाई मध्ये कमाण्डबाट पश्चिम कमाण्डमा राखी त्यसलाई धौलागिरी लुम्बिनी उपब्यूरो बनाएर त्यस मातहत गठित जनसेनाको ६ नं. प्लाटुनको कमाण्डर मलाई बनाएर पठाए पछि क आलोकसंग फेरि नियमित बसाइ त्यहीं तुङ्गियो।
थवाङमा क. आलोक
क आलोकलाई पछि पार्टीले रोल्पा थपाङ पठाएको रहेछ, थवाङमा प्रहरी बेस क्याम्प भएकोले फुन्तिबाङ आसपासको भूगोलमा उनलाई राखिएको थियो। तिब्र क्रियाशिल जीबनबाट निष्क्रिय अबस्था त्यो पनि स्थानिय न्यून चेतनास्तरका साथीहरुसंग भएर होला जहिले पनि बिछिप्ट जस्तो लाग्ने, सबैसंग तसल र निहु मात्र खोज्ने मनोदशा अनि पटक पटक भाग्ने प्रयत्नले स्थानिय कमरेडहरुसंग बढी नै बैमनस्या देखिन्थ्यो। सायद संधै नेतृत्वमा बसेर हो कि श्रम प्रतिको उदासीनता, जनस्तरको सम्बन्धमा उदासीनता देखिन्थ्यो, जसको कारण उनीले त्यस अवधिमा निरस जीवन बिताए। युद्धका कारणले त होला पार्टी नेतृत्वले उनलाई समय र ध्यान दिन सकेन, यतिसम्म कि उनी माथि लागेको आरोपको प्रतिबाद, सफाय वा प्रतिक्रिया दिने अबसर पनि पाएनन्। प्राबिधिक क्षेत्रका साथीहरुसंग बस्दा पनि उही चेसमा मारामार मात्र, अरु बहस छलफल गौण प्राय थियो। उनलाई आफूले गल्ती गरेको ऐसास भन्दा पनि नेतृत्व र पार्टीले आफूलाई ध्वस्त पारेको अर्थमा मात्र बुझेको भान हुन्थ्यो, तसर्थ उनीमा नेतृत्व र पार्टी प्रति तिब्र नफ्रत पैदा भएको देखिन्थ्यो।
पार्टी नेतृत्वले ‘के छ आलोकको अबस्था’ भनेर स्थानीय पार्टीसंग सोध्ने र धारणा बनाउने काम मात्र गर्यो, स्थानीय कार्यकर्ताले सतही रिपोर्टिङ मात्र गरे, अन्तर्य बुझ्ने क्षमता र चाहाना देखिंदैनथ्यो, जब कि २०६१ मा डा बाबुराम भट्टराई लगायत सांगठनिक कारबाही पर्दा अध्यक्ष क प्रचण्डको सामिप्यमा नियमित छलफल र बहसमा नियमित रुपमा एकै सुरक्षा घेरामा साथसाथै बसे, तै पनि डा बाबुराम भट्टराईले आफू कस्टडीमा भएको महसुस गरेछन्, ‘प्रचण्डका भातेहरुले मार्छन् कि’ भन्ने शंका गरेछन्, जो अहिले बेलाकुबेला अभिब्यक्त गर्छन्, त्यो सोह्रै आना गलत हो। संधै संधै संगै संगै बस्नेहरुमा त यतिविधि सन्देह र आशंका रहन जान्छ भने बर्षौ बर्ष क आलोक एकलोएकलो रहँदा कस्तो मनोदशामा रहेहोलान् सहज अनुमान लगाउन सकिन्छ।
संकटकाल, शाही सेनाको अप्रेसन र क आलोकको शहादत:
पहिलो शान्ति वार्ता बाँडिएपछि जनमुक्ति सेनाले घोराहीमा रहेको शाही सेना ब्यारेक उठाए, स्याङ्जा र सोलु कब्जा गरे। त्यस आक्रमण पश्चात् सरकारले संकटकालको घोषणा गर्दै भिषण सैनिक अप्रेसन चलायो। थवाङलाई माओवादीको राजधानी भनेर चिनिन्थ्यो, त्यसै भएर शाही सेनाले थवाङ पुग्नुलाई आफ्नोे बहादुरी ठान्थे। यसै क्रममा रोल्पाको थवाङ र गाम, रुकुमको रुकुमकोट र साँखमा शाही सेनाले बेस क्याम्प राखेरै अप्रेसन चलायो।
थवाङमा शाही सेना बेस क्याम्प बसेपछि क आलोकलाई पार्टीले थवाङको पुर्वमा रहेको उवा गाउँ तर्फ सिफ्ट गर्यो, उनको सुरक्षा र हेरचाहका लागि स्थानीय नेताको निगरानीमा ३ जना जनमिलिसिया खताइयो।
२०५९ बैशाख १९ गते रोल्पाको लिस्ने लेखमा अप्रेसनमा आएको शाही सेना र जनमुक्ति सेना बीच भिषण भिडन्त भयो। खासमा जनमुक्ति सेनाले प्यूठानको सदरमुकाम खलङ्गा माथि आक्रमणको योजना बनाइरहेको बेलामा शाही सेनाले थाहा पाएर अप्रेसन गर्न जाँदा भिडन्त भएको थियो। लडाइमा शाही सेना लखेटिएको थियो तर बाहिर माओवादीलाई ध्वस्त पारेर लखेटेको हुँइया पिटाइएको थियो, हुन त प्यूठान सदरमुकाम आक्रमण गर्ने जनमुक्ति सेनाको योजना बिफल तुल्याइको थियो। त्यसपछि जनमुक्ति सेनालाई घेर्ने नीति अन्तरगत उत्तरी रोल्पा भरी शाही सेनाले अप्रेसन चलायो, यही क्रममा थवाङ बेस क्याम्पबाट शाही सेनाले उवा साइडमा अप्रेसन चलाउँदा बुराँसे गाउँ इलाकामा शाही सेनाको प्रबेश हुने देखिए पछि मिलिसिया कमाण्डरले बुराँसे गाउँबाट जङ्गलतिर लगे तर क आलोक र कमाण्डरको बीचमा कुरा मिलेन कारण क आलोक सेना आउँदै गरेकोतिर जान खोजे भने मिलिसिया कमाण्डर उनलाई सुरक्षित ठाउँतिर लान चाहान्थे। सायद क आलोकले निकासको यही अन्तिम बिकल्प ठाने त्यसैले उनले शाही सेनातिर जाने अन्तिम बल गरे। आफूसंग भएका मिलिसियाहरुलाई ‘नडराऊ, सबै मैले समाल्छु’ भन्दै उनी जबरजस्ती उतै लागे। ‘त्यसो नगरौं सर’ भन्दै हर प्रयास गर्दा पनि नभएपछि २ जना मिलिसिया सुरक्षाका लागि आफ्नो बाटो लागे तर क मोटेले साथ छाडेनन्। अन्तत: उही दिन त्यही जङ्गलमा बिपरित दिशाबाट आएको शाही सेनासंग भेट भयो, भेट हुने बित्तिकै क आलोकले हात उठाए, त्यस्तै क मोटेलाई पनि हात उठाउन लगाए तर हताहती मनस्थितिको शाही सेनाहरुले ड्याङड्याङती गोली चलाएर त्यहीं मारे। यसरी रोल्पा उवा गा बि स को बुराँसेको जङ्गलमा २०५९ बैशाख २२ गते शाही सेनाको हातबाट क आलोक(यान प्रसाद गौतम) र क मोटे (भोम्ले रोका मगर) मारिए। मारिएको एकछिन पछि हात उठाएका थिए भन्ने थाहा पाएर अप्रेसन कमाण्डरले उनको शब खानतलासी गर्न लगाउँदा उनी यान प्रसाद गौतम हुन् भन्ने थाहा पाएर कमाण्डरले ‘गल्ती भयो छ’ भनेको कुरा त्यसबेला चर्चामा थियो।
क प्रचण्डले संकटकालको बेला ‘आलोकलाई जसरी नि जोगाउनु, त्यो खास मान्छे हो’ भन्थे रे, तर जोगाउन सकिएन। लिस्ने भिडन्त पछिको खेदाखेद र गाम आक्रमणको चाँजोपाँजो मिलाउनैमा पार्टी नेतृत्व र जनमुक्ति सेनालाई हम्मेहम्मे थियो, क आलोक मारिएको २ दिन पछि जनमुक्ति सेनाले २०५९ बैशाख २४ मा रोल्पा कै गाममा रहेको शाही सेनाको बेस क्याम्प आक्रमण गरि कब्जा गरेको थियो। गाम कब्जा पछि शाही सेनाले रोल्पाको थवाङ, रुकुमको रुकुमकोट र साँख जस्ता बेस क्याम्पहरु तत्काल हटायो।
क आलोकले जे गर्न खोजे ठिक गरेनन् जो कदमले उनको आफ्नै ज्यान त लियो लियो, एक कर्तब्यनिष्ठ मिलिसिया(जनसेना)को पनि ज्यान लियो। पार्टीले क आलोकलाई समय मै सहि निकास किन दिन सकेन यो सोंचनिय बिषय हो, जसका कारण यस्तो दुर्घटना सृजना भयो। तर यदाकदा क आलोकलाई पार्टीले नै मारेको वा मराएको झुठफरेटको साहारा लिएको देखिन्छ यो सरासर गलत हो।
आलोकसंगको बिदाई
२०५७ आषाढ अन्तिमतिर जिल्ला कार्यालयले बोलाए पछि अरु साथीहरूलाई जिम्मा लगाएर म हिड्ने भएँ, उनीसंग भेटेर सबै कुराहरु बताएँ। साथीहरूले पनि मैले झै हेरबिचार र सुरक्षा गर्ने छन् भनेर आश्वासन दिएँ तर उनको मनले मानेको देखिएन, तै पनि त्यति विधि बुझेको मान्छे ‘ल जानुस्’ भने। फेरि पनि आइन्छ भन्ने लागेको थियो र उनलाई नि आउलान् भन्ने लागेको थियो होला तर त्यस पटक लुम्बिनीका कपिलवस्तु, अर्घाखाँची र गुल्मी अनि धौलागिरीका बाग्लुङ, म्यादी र मुस्ताङलाई मध्ये कमाण्डबाट पश्चिम कमाण्डमा राखी त्यसलाई धौलागिरी लुम्बिनी उपब्यूरो बनाएर त्यस मातहत गठित जनसेनाको ६ नं. प्लाटुनको कमाण्डर मलाई बनाएर पठाए पछि क आलोकसंग फेरि नियमित बसाइ त्यहीं तुङ्गियो।
थवाङमा क आलोक
क आलोकलाई पछि पार्टीले रोल्पा थपाङ पठाएको रहेछ, थवाङमा प्रहरी बेस क्याम्प भएकोले फुन्तिबाङ आसपासको भूगोलमा उनलाई राखिएको थियो। तिब्र क्रियाशिल जीबनबाट निष्क्रिय अबस्था त्यो पनि स्थानिय न्यून चेतनास्तरका साथीहरुसंग भएर होला जहिले पनि बिछिप्ट जस्तो लाग्ने, सबैसंग तसल र निहु मात्र खोज्ने मनोदशा अनि पटक पटक भाग्ने प्रयत्नले स्थानिय कमरेडहरुसंग बढी नै बैमनस्या देखिन्थ्यो। सायद संधै नेतृत्वमा बसेर हो कि श्रम प्रतिको उदासीनता, जनस्तरको सम्बन्धमा उदासीनता देखिन्थ्यो, जसको कारण उनीले त्यस अवधिमा निरस जीवन बिताए। युद्धका कारणले त होला पार्टी नेतृत्वले उनलाई समय र ध्यान दिन सकेन, यतिसम्म कि उनी माथि लागेको आरोपको प्रतिबाद, सफाय वा प्रतिक्रिया दिने अबसर पनि पाएनन्। प्राबिधिक क्षेत्रका साथीहरुसंग बस्दा पनि उही चेसमा मारामार मात्र, अरु बहस छलफल गौण प्राय थियो। उनलाई आफूले गल्ती गरेको ऐसास भन्दा पनि नेतृत्व र पार्टीले आफूलाई ध्वस्त पारेको अर्थमा मात्र बुझेको भान हुन्थ्यो, तसर्थ उनीमा नेतृत्व र पार्टी प्रति तिब्र नफ्रत पैदा भएको देखिन्थ्यो।
पार्टी नेतृत्वले ‘के छ आलोकको अबस्था’ भनेर स्थानीय पार्टीसंग सोध्ने र धारणा बनाउने काम मात्र गर्यो, स्थानीय कार्यकर्ताले सतही रिपोर्टिङ मात्र गरे, अन्तर्य बुझ्ने क्षमता र चाहाना देखिंदैनथ्यो, जब कि २०६१ मा डा बाबुराम भट्टराई लगायत सांगठनिक कारबाही पर्दा अध्यक्ष क प्रचण्डको सामिप्यमा नियमित छलफल र बहसमा नियमित रुपमा एकै सुरक्षा घेरामा साथसाथै बसे, तै पनि डा बाबुराम भट्टराईले आफू कस्टडीमा भएको महसुस गरेछन्, ‘प्रचण्डका भातेहरुले मार्छन् कि’ भन्ने शंका गरेछन्, जो अहिले बेलाकुबेला अभिब्यक्त गर्छन्, त्यो सोह्रै आना गलत हो। संधै संधै संगै संगै बस्नेहरुमा त यतिविधि सन्देह र आशंका रहन जान्छ भने बर्षौ बर्ष क आलोक एकलोएकलो रहँदा कस्तो मनोदशामा रहेहोलान् सहज अनुमान लगाउन सकिन्छ।
संकटकाल, शाही सेनाको अप्रेसन र क आलोकको शहादत:
पहिलो शान्ति वार्ता बाँडिएपछि जनमुक्ति सेनाले घोराहीमा रहेको शाही सेना ब्यारेक उठाए, स्याङ्जा र सोलु कब्जा गरे। त्यस आक्रमण पश्चात् सरकारले संकटकालको घोषणा गर्दै भिषण सैनिक अप्रेसन चलायो। थवाङलाई माओवादीको राजधानी भनेर चिनिन्थ्यो, त्यसै भएर शाही सेनाले थवाङ पुग्नुलाई आफ्नोे बहादुरी ठान्थे। यसै क्रममा रोल्पाको थवाङ र गाम, रुकुमको रुकुमकोट र साँखमा शाही सेनाले बेस क्याम्प राखेरै अप्रेसन चलायो।
थवाङमा शाही सेना बेस क्याम्प बसेपछि क आलोकलाई पार्टीले थवाङको पुर्वमा रहेको उवा गाउँ तर्फ सिफ्ट गर्यो, उनको सुरक्षा र हेरचाहका लागि स्थानीय नेताको निगरानीमा ३ जना जनमिलिसिया खताइयो।
२०५९ बैशाख १९ गते रोल्पाको लिस्ने लेखमा अप्रेसनमा आएको शाही सेना र जनमुक्ति सेना बीच भिषण भिडन्त भयो। खासमा जनमुक्ति सेनाले प्यूठानको सदरमुकाम खलङ्गा माथि आक्रमणको योजना बनाइरहेको बेलामा शाही सेनाले थाहा पाएर अप्रेसन गर्न जाँदा भिडन्त भएको थियो। लडाइमा शाही सेना लखेटिएको थियो तर बाहिर माओवादीलाई ध्वस्त पारेर लखेटेको हुँइया पिटाइएको थियो, हुन त प्यूठान सदरमुकाम आक्रमण गर्ने जनमुक्ति सेनाको योजना बिफल तुल्याइको थियो। त्यसपछि जनमुक्ति सेनालाई घेर्ने नीति अन्तरगत उत्तरी रोल्पा भरी शाही सेनाले अप्रेसन चलायो, यही क्रममा थवाङ बेस क्याम्पबाट शाही सेनाले उवा साइडमा अप्रेसन चलाउँदा बुराँसे गाउँ इलाकामा शाही सेनाको प्रबेश हुने देखिए पछि मिलिसिया कमाण्डरले बुराँसे गाउँबाट जङ्गलतिर लगे तर क आलोक र कमाण्डरको बीचमा कुरा मिलेन कारण क आलोक सेना आउँदै गरेकोतिर जान खोजे भने मिलिसिया कमाण्डर उनलाई सुरक्षित ठाउँतिर लान चाहान्थे। सायद क आलोकले निकासको यही अन्तिम बिकल्प ठाने त्यसैले उनले शाही सेनातिर जाने अन्तिम बल गरे।
आफूसंग भएका मिलिसियाहरुलाई ‘नडराऊ, सबै मैले समाल्छु’ भन्दै उनी जबरजस्ती उतै लागे। ‘त्यसो नगरौं सर’ भन्दै हर प्रयास गर्दा पनि नभएपछि २ जना मिलिसिया सुरक्षाका लागि आफ्नो बाटो लागे तर क मोटेले साथ छाडेनन्। अन्तत: उही दिन त्यही जङ्गलमा बिपरित दिशाबाट आएको शाही सेनासंग भेट भयो, भेट हुने बित्तिकै क आलोकले हात उठाए, त्यस्तै क मोटेलाई पनि हात उठाउन लगाए तर हताहती मनस्थितिको शाही सेनाहरुले ड्याङड्याङती गोली चलाएर त्यहीं मारे। यसरी रोल्पा उवा गा बि स को बुराँसेको जङ्गलमा २०५९ बैशाख २२ गते शाही सेनाको हातबाट क आलोक(यान प्रसाद गौतम) र क मोटे (भोम्ले रोका मगर) मारिए। मारिएको एकछिन पछि हात उठाएका थिए भन्ने थाहा पाएर अप्रेसन कमाण्डरले उनको शब खानतलासी गर्न लगाउँदा उनी यान प्रसाद गौतम हुन् भन्ने थाहा पाएर कमाण्डरले ‘गल्ती भयो छ’ भनेको कुरा त्यसबेला चर्चामा थियो।