ट्रम्पलाई ‘गोल्डेन पेजर’ उपहार

उज्यालो प्रतिनिधि २५ माघ २०८१, शुक्रबार विश्व

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा भएको भेटमा ‘गोल्डेन पेजर’ उपहार दिएका छन । सन् २०२४ को सेप्टेम्बरमा इजरायलले लेबनानी इस्लामिक समूह हिजबुल्लाहविरुद्ध गरेको आक्रमणपछि हिज्बुल्लाहविरुद्धको युद्धको टर्निङ प्वाइन्टको प्रतीकका रुपमा यो उपहार प्रदान गरिएको नेतान्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“यो रणनीतिक अभियानले इजरायलको शक्ति, प्राविधिक श्रेष्ठता र आफ्ना शत्रुहरूविरुद्ध चातुर्य प्रदर्शन गर्दछ,” विज्ञप्तिमा भनिएको छ।

लेबनानी अधिकारीहरूका अनुसार इजरायलले एकै दिन एकै चोटी ‘पेजर आक्रमण’ गरी हिजबुल्लाहलाई स्तब्ध बनाएको थियो । आक्रमणमा पेजर र वाकी–टकीमा विस्फोट हुँदा दर्जनौं लडाकू मारिएका थिए र हजारौँ घाइते भएका थिए।

गत सेप्टेम्बरको अन्त्यतिर इजरायलले हिजबुल्लाहलाई सीमाबाट पछाडि धकेल्ने उद्देश्यले दक्षिणी लेबनानमा स्थलआक्रमण सुरु गरेको थियो ।

एक वर्षभन्दा बढी समयदेखिको इजरायली बमबारी र दक्षिणी लेबनानमा आक्रमणमा परिणत युद्धको अन्त्य गर्दै नोभेम्बरको अन्त्यमा इजरायल र हिजबुल्लाह युद्धविराम गर्न सहमत भए ।

यद्यपि, इजरायली सेना अझै पनि छिमेकी देशका केही भागमा सक्रिय छन् ।युद्धविराम लागू गर्न तीन महिनाको समयावधि जनवरी २६ मा समाप्त भएको तर इजरायली सेनाले दक्षिणी लेबनानबाट आफ्नो सेना फिर्ता गर्ने समयसीमामा सेना फिर्ता गरेको छैन ।

इजरायलले लेबनानी सेनाले सम्झौतालाई अक्षरशः पालना नगरेको तर्क गर्दै प्रारम्भिक समयसीमा पूरा गर्ने आफ्नो कुनै मनसाय नरहेको स्पष्ट पारेको थियो । उसले त्यहाँ यदाकदा हवाई आक्रमण पनि जारी राखेको छ र अब फेब्रुअरी १८ सम्म सेना फिर्ता गर्ने मिति तोकिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार