स्वास्थ्यमन्त्री सिंहद्वारा एचपिभी खोप अभियानको उद्घाटन

उज्यालो प्रतिनिधि २२ माघ २०८१, मंगलवार समाचार

जनकपुरधाम, मधेश प्रदेशका स्वास्थ्यमन्त्री शत्रुधनप्रसाद सिहंले पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोप अभियानको आज उद्घाटन गरेका छन् । विश्व क्यान्सर दिवसका अवसरमा यहाँ आयोजित एक समारोहबीच उनले अभियानको उद्घाटन गरेका हुन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयद्वारा धनुषाका ५६ हजार दुई सय ८२ किशोरीहरुलाई खोप लगाउन थालिएको सो अभियानअन्तर्गत १० देखि १४ वर्षकी किशोरीहरुलाई खोप दिइने छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख उमेश यादवका अनुसार सो खोप अभियानका लागि जिल्लाका विभिन्न स्थानमा पाँच सय ४२ खोप केन्द्रमा खोप कार्यकर्ता तथा एक हजार ८४ जना स्वयंसेवक परिचालन गरिएको छ ।

पहिलो चरणमा यही माघ २३ गतेखि २८ गतेसम्म तथा दोस्रो चरणअन्तर्गत आगामी फागुन १ गतेदेखि फागुन छ गतेसम्म खोप अभियान सञ्चालन हुने कार्यालयले जनाएको छ । प्राप्त तथ्याङ्कअनुसार विश्वको एक सय ४७ वटा मुलुकका साथै नेपालमा पनि यो खोप सुुरु भएको बताइएको छ ।

सो अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सिंहले जनताको स्वास्थ्य एवं सुरक्षाका लागि मधेश प्रदेश सरकार सक्रिय रहने प्रतिबद्धता जनाउँदै पाठेघरको क्यान्सरबाट सुरक्षित राख्न एचपिभी खोप अभियानलाई सफल बनाउनुपर्ने बताए ।

जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले जिल्लामा यो खोप कार्यक्रम सफल बनाउन सबै स्थानीय तहलाई लिखित जानकारी गराएको बताउँदै क्यान्सर रोग नसर्ने भए पनि यसबाट सतर्क रहन आग्रह गरे ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार