नेपाललाई जितका लागि १०७ रनको लक्ष्य

उज्यालो प्रतिनिधि २२ माघ २०८१, मंगलवार खेल

काठमाडौँ, त्रिकोणात्मक टि-ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको खेलमा थाइल्याण्डले नेपाल सामू जितका लागि १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय छ रन बनायो ।

थाइल्याण्डका लागि चनिदा सुथिराङले अविजित २७ र थिपाथ्चा पूथावोङले अविजित २५ बनाए । साथै नानपत कोन्चारोन्काइले १९ रनको योगदान दिइन् ।

नेपालका लागि मनीषा उपाध्यायले तीन विकेट लिइन् पूजा महतो र रचना चौधरीले समान एक÷एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार