२१ आश्विन २०७६, मंगलवार

भीआईपीको दशैं तस्वीरमा हेर्नुस् (फोटो फिचर)

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २१ आश्विन २०७६, मंगलवार फोटो समाचार
63Views
Shares

काठमाडौँ । राष्ट्रपति विद्यादेवि भण्डारीले दशैंको टीका लगाइ दिएकी छन् । राष्ट्रपति भवन शीतलनिवासमा हनुमान ढोका मूल पुजारी तथा आफन्तबाट राष्ट्रपति भण्डारीले टीका ग्रहण गरेकी थिइन् ।

मंगलबार अपरान्ह १ बजेर ३५ मिनेटमा राष्ट्रपति भवन सितल निवास पुगेका भएका प्रधानमन्त्री ओलीलाई बडा दशैंको टीका, जमरा र जमराको माला लगाई दिएकी हुन्। त्यसैगरी राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यलाई पनि टीका लगाई दिइन् ।

यो पनि पढ्नुहोस् ...  वर्षा अझै केही दिन सक्रिय रहने,दशैंसमेत प्रभावित हुने

उनले प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरू, सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई दशैंको टीका लगाई दिइन्।

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो साढे २ बजे पिता मोहनप्रसाद ओलीको हातबाट टीका लगाएका छन् । बालुवाटारमा आफूले टीका लगाएपछि उनले पत्नी राधिकालाई टीका लगाइदिएका थिए । त्यसअघि अपरान्ह १ बजेर ३५ मिनेटमा राष्ट्रपति भवन शितल निवास पुगेका ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंको टीका, जमरा र माला लगाइदिएका थिइन् ।

यो पनि पढ्नुहोस् ...  उच्च अदालतका लागि ८० न्यायाधीश सिफरिस(सूचीसहित)

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले ९० वर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट टीका ग्रहण गरेका छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवलीले ठूलीआमाको हातको टीका लगाएका छन् । मंगलबार दिउँसो मन्त्री निवास पुलचोकमा उनले दशैंको टीका लगाएका हुन् । उनले टीका लगाएको तस्वीर सामाजिक सञ्जाल ट्वीटरमा पोष्ट गरेका छन् ।

यो पनि पढ्नुहोस् ...  चिन्ता नलिनुस्,यसपालिको दसैंमा एसी बसमा यात्राको अवसर मिल्नेछ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दाजु तथा भाउजुको हातबाट दशैंको टीका लगाएका छन् ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार