‘बजार व्यवस्थापन समृद्धिको आधार’

उज्यालो प्रतिनिधि ८ माघ २०८१, मंगलवार समाचार

शिवु खनाल,देउखुरी । आर्थिक विकासका लागि बजार अत्यन्त महत्वपूर्ण आधार हो । उत्पादित वस्तु र सेवाको व्यवस्थित तथा दिगो बजार व्यवस्थापनले मात्र विकास र समृद्धि गतिशील बन्न सक्छ । त्यसैले आन्तरिक रूपमा उत्पादित वस्तु र सेवालाई आन्तरिक बजारको माग अनुसार सम्बन्धित स्थानमा पु¥याउने हो भने मुलुक आत्मनिर्भरको बाटोमा अगाडि बढ्ने वातावरण बलियो बन्छ । दिगो र विश्वासिलो आन्तरिक बजार व्यवस्थापनले अन्तर्राष्ट्रिय बजारमा पनि विश्वास र पहुँच बढ्दै जान्छ । बजार व्यवस्थापनबिचको अन्तरसम्बन्धलाई ध्यानमा राखेर आन्तरिक बजार र बाह्य बजारमा अन्तरद्वन्द्वको स्थिति आउन नदिन बजार व्यवस्थापन प्रणालीलाई राज्य र निजी क्षेत्रको सहकार्यमा व्यवस्थित बनाउने रणनीतिक योजना कार्यान्वयनमा ल्याउनु पर्छ । उत्पादनको न्यायिक वितरणलाई बजारको माध्यमबाट जनताको घरदैलोमा पु¥याउन आन्तरिक बजार सञ्जालको व्यवस्थापनलाई व्यवस्थित गरिनु पर्छ । राज्यले उत्पादन र उपभोक्ताबिचको सन्तुलनलाई योजनाबद्ध ढङ्गले व्यवस्थापन गरेर आन्तरिक बजारलाई बलियो बनाउँदै बाह्य बजारसँग प्रतिस्पर्धा गर्ने रणनीति अङ्गीकार गर्न सक्नु पर्छ ।

मुलुकलाई आर्थिक रूपमा सबल बनाउन र आत्मनिर्भर अर्थतन्त्रको बाटोमा अगाडि बढाउन एकीकृत आन्तरिक बजार व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर तीनै तहका सरकारले आआफ्नै आन्तरिक बजारको व्यवस्था गर्नु पर्छ । त्यसले उत्पादन र वितरण व्यवस्थित गर्नुका साथै आन्तरिक तथा बाह्य बजारलाई व्यवस्थित गर्न सहज वातावरण बनाउने गर्छ । आन्तरिक बजार व्यवस्थापनको नीतिले भौतिक पूर्वाधारमा सुधार हुने र मुलुक औद्योगिकीकरणको बाटोमा अगाडि बढ्न पनि सहज वातावरण बन्छ । गढवा उद्योग बाणिज्य संघले पालिकाका बजार ब्यबस्थापन तथा गढवा बजारमा हाट बजार संचालनका लगायतका ७ बुदे ध्यानाकर्षण पत्र सोमबार गढवा गाउँपालिकालाई बुझाएको छ । अस्तब्यस्त रहेको तरकारी बजार लाइ व्यवस्थापन, बजार क्षेत्रमा रहेका ठेला, ढेब्ली तथा फुटपाथमा रहेका सामाग्रीहरू व्यवस्थापन, गढवामा पशु हाटबजार, ब्यबसायिक हाट बजार संचालन, बजार क्षेत्रमा दिर्घकालीन सडकबत्ति ब्यबस्थापन, गुणस्तरिय सिसि क्यामेरा जडान, गाउँपालिकाले परियोजना मार्फत निर्माण गरेको भवन यथासिघ्र संचलान लगायतका महत्वपूर्ण बिषयहरू राखी गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओमप्रकाश बसेलको नेतृत्वमा गएको टोलिले पालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेललाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

पत्र बुझ्दै पालिका अध्यक्ष शर्माले अहिलेको आवश्यकताको विषय उद्योग बाणिज्य संघले उठाएको बताउनुहुदैँ, यस बिषयमा पालिकाले कामहरू अघि बढाउने बताए । अध्यक्ष शर्माले आउने फागुन १ गते बाटै हाटबजार संचालन गर्ने गरि तयारी गरिएको जानकारी गराउदै गढवा चोकमा अस्तब्यस्त रहेको तरकारी, ढेब्ली तथा ठेलालाई तत्कालै व्यवस्थापन गरिने जानकारी दिए । व्यबसायी संचालक, उद्योग बाणिज्य संघ र सम्बन्धित पक्षसँग एक कार्यक्रम गरि व्यबस्थापन छिट्टै गरिने जानकारी दिदै, अध्यक्ष शर्माले बजार क्षेत्रमा सडकवत्ति तथा सिसि क्यामेरा समेत सम्बन्धित वडासँग छलफल गरी जडान गरिने बताए । यता गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओमप्रकाश बसेलले रातमा बजार क्षेत्रनै अन्धकार हुँदा, सिसि क्यामेरा नहुदा चोरीका घटनाहरू बढ्न थालेकाले ध्यानाकर्षण पत्र बुझाईएको जानकारी दिए । साथै अध्यक्ष बसेलले, अस्तब्यस्त तरकारी बजार, बाटो तथा फुटपाथमा ढेब्लि ठेला हुनुले दुर्घटना बढ्न सक्ने भन्दै सो व्यबस्थापनमा स्थानिय सरकारसँग उद्योग बाणिज्य संघ समन्वय गरि अघि बढ्ने बताए ।

गढवाको मुख्यचोक साघुरो भएकोले सडक डिभिजन कार्यालय दाङ र हुलाकी राजमार्ग नेपालगंजसंग समन्वय गरि चोक फराकिलो बनाउन पहल समेत गरेको बताए । टोलिमा संघका अध्यक्ष बसेल, पुर्व अध्यक्ष रबिलाल आचार्य, बरिष्ठ उपाध्यक्ष मधा न्यौपाने, उपाध्यक्ष चिन्ताप्रसाद पोख्रेल, सल्लाहकार उमाकान्त पन्त, रामप्रसाद गैरे, गुमानसिंह गुरूङ, प्रेस सल्लाहकार शिवराज पन्थि सदस्यहरू राज कुमार नेपाली, डेगमान जिसि लगायतको सहभागीता रहेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार