प्रधानमन्त्री कप महिला क्रिकेट : आर्मीको दोस्रो जित, कोशी पराजित

उज्यालो प्रतिनिधि ८ माघ २०८१, मंगलवार खेल

फाप्ला (कैलाली), प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले कोशी प्रदेशलाई ९ विकेटले हराएको हो । जितसँगै आर्मी क्लब सुपर फोर नजिक पुगेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको कोशीले सात ओभरमा पाँच विकेटको क्षतिमा ३६ रन बनायो । उसका लागि स्मृति कटुवालले १४ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बाक्लो हुस्सुका कारण निर्धारित समयभन्दा ढिला सुरू हुँदा खेल २० ओभरबाट सात मा झारिएको थियो ।

बबलिङतर्फ आर्मीका लागि प्लेयर अफ दी म्याच समेत भएकी ममता चौधरीले तीन तथा सुस्मिता भुसालले दुई लिइन् ।

आर्मी क्लबले ३७ रनको विजयी लक्ष्य ६ दशमलव २ ओभरमा एक विकेटको क्षतिमा पूरा ग¥यो । उसका लागि सम्झना खड्काले अविजित ३२ रनको पारी खेलिन् ।

यही माघ १ गतेदेखि सुरू भएको प्रतियोगितामा नौ टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको उपाधि जित्नेले रु पाँच लाख, दोस्रो हुनेले रु तीन लाख, प्लेयर अफ दी सिरिजलाई रु ५० हजार तथा उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई जनही रु २५ हजार पुरस्कार दिइनेछ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार