मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया

खाँदबारी (सङ्खुवासभा), यहाँको खाँदबारीमा सञ्चालित तेजरत्न आँखा तथा कान उपचार केन्द्रमा ६३ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया गरिएको छ ।

केन्द्रले सोमबार र मङ्गलबार आयोजना गरेको शिविरमा पाँच सय २३ जनाको सामान्य आँखा जाँच गरिएको तेजरत्न आँखा उपचार केन्द्रका प्रमुख क्षितिज बरालले बताए ।

मेची आँखा अस्पताल झापाको सहयोगमा सञ्चालित शिविरमा सङ्खुवासभा, धनकुटा र भोजपुरका आँखा रोगीले उपचार सेवा लिएका छन् । मेची आँखा अस्पतालका डा पुरुषोत्तम जोशी नेतृत्वको टोलीले शिविरमा आएका बिरामीको उपचार गरेको थियो । वडावडामा आँखा जाँच गरेर मोतियाबिन्दु लागेका बिरामीको पहिचान गरी उनीहरुलाई निःशुल्क उपचार गरिएको उपचार केन्द्रका प्रमुख बरालले बताए ।

शिविरमा दुई सय ५० जनालाई निःशुल्क चश्मा वितरण गरिएको आयोजकले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार