डि.एस. संघर्ष, रोल्पा । जिल्लाको सुनिलस्मृति गाउँपालिका–वडा नं ३ मिझिङका नेपाली कांग्रेसका पार्टीका उपसभापति खिमबहादुर घर्तीमगरसहित १३ जना पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । पार्टी परित्याग गर्नेमा चित्रबहादुर सुनार, बहादुर सुनार, राहुल घर्तीमगर, सुनिल घर्तीमगर, ज्ञानदेवी रोका, संजय सुनार, रामलाल सुनार, खविलाल केसी, बिना कामी, पाटली कमीनी, एकराज घर्तीमगर र संगीता घर्तीमगर रहेका छन्।
नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्ने कार्यक्रमको अध्यक्षता गाउँपालिका पार्टी अध्यक्ष रत्न महराले गरेका थिए। प्रमुख अतिथि लुम्बिनी प्रदेश सदस्य, सुनिलस्मृति गाउँपालिका सह–इन्चार्ज तथा गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकी थिए । कार्यक्रममा गाउँपालिका पार्टी सचिव सुदर्शन पुन, दुर्गाबहादुर विष्ट, धीरज घर्तीमगरलगायत अन्य नेताहरूको पनि उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि बुढाथोकीले नयाँ प्रवेश गरेका नेताकार्यकर्तालाई फूलमाला र अबिर लगाएर स्वागत गरे । कार्यक्रममा बोल्दै बुढाथोकीले माओवादी पार्टीले जनताको पक्षमा निरन्तर काम गर्दै आएको र आगामी दिनमा पनि जनताको भरोसा जित्ने काम जारी राख्ने बताए । कार्यक्रमको अन्त्यमा अध्यक्ष रत्न महराले वडा नं ३ मात्र नभै पालिका भित्रपर्ने प्रत्येक घरलाई पार्टी सदस्य बनाउने अभियान सञ्चालन हुने बताउँदै, माओवादी पार्टीले जनताको पक्षमा सदैव राम्रो काम गर्ने प्रतिवद्धता जनाए ।