नेपालमा पहिलोपटक क्वानकिडोको अन्तर्राष्ट्रिय सेमिनार हुँदै

उज्यालो प्रतिनिधि २७ पुष २०८१, शनिबार खेल

काठमाडौं । नेपाल क्वानकिडो संघको आयोजनामा ‘प्रथम अन्तर्राष्ट्रिय क्वानकिडो सेमिनार’ हुने भएको छ । संघले शनिबार पत्रकार सम्मेलन गर्दै उक्त सेमिनारको बारेमा जानकारी गराएको हो ।

संघको अनुसार सेमिनार २०८१ साल माघ १, २ र ३ गते ललितपुरको सातडोबाटोमा हुने संघका अध्यक्ष सुवर्ण बिसीले जानकारी दिए ।

पत्रकार सम्मेलनमा जानकारी गराए अनुसार सेमिनारमा नानचाकु, चाकु, लाठी, सेल्फ डिफेन्स, मुमेन्ट, रेफ्री गरी विभिन्न विधामा प्रशिक्षण सञ्चालन हुनेछ । सेमिनारमा नेपालसहित विभिन्न देशका डुई सय जना सिनियर प्रशिक्षार्थी सहभागी हुने संघका महासचिव टेकराज केसीले जानकारी दिए ।

सेमिनारमा सहभागी सिनियर प्रशिक्षाथीहरुलाई वल्र्ड क्वानकिडो एशोसियसनका अध्यक्ष मास्टर रोबर्टो विस्मारा, उपाध्यक्ष डा. लुईगी सान्तापागा, विज्ञ लुका डे टोफोल, चिल्ड्रेन हेड एन्जिलो टोरमिना, हेड अफ द पर्सनल डिफेन्स इन इटालीका डेनियल सियाफ्रो, हेड अफ ड ताम ड जिम्नास्टिक्स इन इटालीका बारबारा रिभा, सबरीना क्यालभालती लगायत एशियन टेक्निकल डाइरेक्टर भुवन बुढा मगरले प्रशिक्षण दिनेछन् ।

पत्रकार सम्मेलनमा पछिल्लो समय क्वानकिडोको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा विकास र विस्तार भइरहेको भन्दै संघका अध्यक्ष बिसीले भने, ‘यो सेमिनारबाट अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि थप स्थापित हुने विश्वास छ, क्वानकिडोको वल्र्ड प्रेसिडेन्ट नै नेपालमा आउने कुरा हाम्रो लागि अझ गौरवको विषय हो, यसले नेपालको पर्यटन प्रवद्र्धनमा पनि अवश्य टेवा पुर्याउने हाम्रो विश्वास छ ।’

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार