महिला क्रिकेट खेलाडी उत्पादन गर्न स्कुले बालिकालाई प्रशिक्षण

उज्यालो प्रतिनिधि २५ पुष २०८१, बिहीबार खेल
त्रिवेणी (रुकुमपश्चिम), जिल्ला क्रिकेट सङ्घ रुकुम पश्चिमले महिला क्रिकेट खेलाडी उत्पादनमा जोड दिएको छ । यसका लागि खेलाडी उत्पादन गर्न सङ्घले विद्यालयलाई लक्षित गरी प्रशिक्षणसमेत दिइसकेको छ ।
विद्यालय उमेर समूहका बालिका तथा किशोरीहरूलाई लक्षित गरेर प्रशिक्षण कार्यक्रम चलाएको सङघका अध्यक्ष दीपक बाँठाले जानकारी दिए । उनका अनुसार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीको कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घ क्यानको समन्वयमा जिल्ला क्रिकेट सङ्घले महिला क्रियो फेस्टिभल सञ्चालन गरेको हो ।
क्रिकेट प्रशिक्षण कार्यक्रममा महिला खेलाडी उत्पादन गर्न जिल्लाका एक सय बढी स्कुले बालिका तथा किशोरीलाई प्रशिक्षण दिइएको अध्यक्ष बाँठाले जानकारी दिए । जिल्ला सदरमुकाम खलङ्गामा दुई दिनसम्म सञ्चालन भएको प्रशिक्षण कार्यक्रममा विभिन्न विद्यालयमा अध्ययनरत बालिका तथा क्रिकेट खेलमा चासो राख्नेहरूको सहभागिता रहेको थियो ।
सङ्घका कोषाध्यक्ष तथा प्रशिक्षक नरबहादुर ओलीले क्रिकेटबारे कुनै पनि जानकारी नभएका तर क्रिकेट सिक्न इच्छुक बालिका तथा किशोरीहरूलाई विद्यालयहरूसँगको समन्वयमा कार्यक्रममा सहभागी गराई प्रशिक्षण दिइएको बताए । कर्णाली प्रादेशिक क्रिकेट सङ्घका सदस्य तथा प्रशिक्षक कुलप्रसाद ओलीले महिला खेलाडी उत्पादन गर्न क्रिकेट प्रशिक्षण कार्यक्रमले ठूलो सन्देश प्रवाह गरेको बताए । प्रशिक्षणमा सहभागीलाई क्रिकेटबारे धेरै प्रयोगात्मक तथा सैद्धान्तिक ज्ञान सिकेको उनले बताए ।
प्रशिक्षणमा सहभागी बालिकाहरुलाई क्रिकेटमा नियमित जोड्ने र जिल्लाको महिला टोली निर्माणमा ध्यान केन्द्रित गर्ने योजना रहेको सङ्घका सचिव मनिष खड्काले बताए । “हाम्रो जिल्लामा हालसम्म महिलाको टिम बन्न सकेको छैन, महिला खेलाडी उत्पादनका लागि हाम्रो चासो रहे पनि हालसम्म कुनै कार्यक्रम सञ्चालन गर्न सकिएको थिएन । अब जिल्लामा महिला क्रिकेटको विकास सुरु भएको छ, छिट्टै जिल्लाको महिला क्रिकेट टिम बन्नेछ”, उनले भने ।
Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार