अक्षयकोषका लागि जुट्यो ७४ लाख

उज्यालो प्रतिनिधि २० मंसिर २०८१, बिहीबार अर्थ

गलेश्वर (म्याग्दी), मालिका गाउँपालिका–७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयले जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले स्थापना गरेको अक्षयकोषमा रु ७४ लाख सङ्कलन भएको छ ।

गत कात्तिक १७ गते शिक्षालयले स्थापनाको घोषणा गरेको किसानी सञ्जीवनी अक्षयकोषमारु ७३ लाख ६७ हजार पाँचसय ७२ सङ्कलन भएको शिक्षालयका प्राचार्य जङ्गबहादुर गर्बुजाले जानकारी दिए ।

विसं २०६८ मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिइभिटी)बाट सम्बन्धन प्राप्त गरी २९ महिने कनिष्ठ प्राविधिक सहायक (जेटिए) कोर्ष सुरु गरेको यो शिक्षालयमा २०७२ सालदेखि तीनवर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीनवर्षे पशुविज्ञान पठनपाठन पनि सुरु भएको छ । बाली विज्ञान र पशु चिकित्सा (भेटेरिनरी) अध्ययनका लागि यहाँ आउने विद्यार्थीहरुको सङ्ख्या बढ्दै गएको शिक्षालयले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार