श्रीमती कुटेको आरोपमा सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पक्राउ

उज्यालो प्रतिनिधि १८ मंसिर २०८१, मंगलवार समाचार

धनगढी । श्रीमतीमाथि कुटपिट गरेको आरोपमा सुदूरपश्चिम विश्वविद्यालयका एक जना उपप्राध्यापक पक्राउ परेका छन् । श्रीमतीमाथि कुटपिट गरेको आरोपमा विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा कार्यरत उपप्राध्यापक पृथ्वीराज भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले भट्टविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी परेपछि पक्राउ गरिएको जानकारी दिए । उनका अनुुसार भट्टमाथि शनिबार घरमै श्रीमती जयन्ती भट्टमाथि कुटपिट गरेको आरोप छ ।

जयन्तीका दाजुले दिएको किटानी जाहेरीका आधारमा भट्टलाई पक्राउ गरेर अदालतबाट म्याद थपेर अनुुसन्धान भइरहेको जोशीले बताए । प्रहरीका अनुसार श्रीमान्‌को कुटपिटबाट घाइते भएकी जयन्तीको धनगढीमा उपचार भइरहेको छ ।

उनका श्रीमान् मर्निङ ग्लोरी स्कुलका सञ्चालक समेत हुन् । उनले पारिवारिक विवादको विषयलाई लिएर श्रीमतीमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार