नेप्से परिसूचक दोहोरो अङ्कले बढ्दा साढे १० अर्बको कारोबार

उज्यालो प्रतिनिधि १७ मंसिर २०८१, सोमबार अर्थ
काठमाडौँ, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । परिसूचक १९ दशमलव ९७ अङ्कले बढेर दुई हजार सात सय ५८ दशमलव ०४ को विन्दुमा कायम भएको हो ।
आज तीन सय १४ कम्पनीको दुई करोड ३० लाख ११ हजार तीन सय ६१ कित्ता शेयर एक लाख तीन हजार चार सय ८१ पटक खरिदबिक्री हुँदा रु १० अर्ब ५४ करोड १७ लाख ४६ हजार पाँच सय ६४ बराबरको कारोबार भएको छ ।
बैङ्किङ शून्य दशमलव ५९, विकास बैङ्क एक दशमलव ७२, वित्त एक दशमलव ९७ र अन्य समूह शून्य दशमलव ३६ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै व्यापार समूह नौ दशमलव ७० र होटल तथा पर्यटन समूह चार दशमलव ९९ प्रतिशतले बढेको छ ।
त्यस्तै, जलविद्युत् शून्य दशमलव ६२, लगानी शून्य दशलमव ६०, जीवन बीमा एक दशमलव ९१, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १५, लघुवित्त शून्य दशमलव १५, म्युचुअल फन्ड शून्य दशमलव ४१ र निर्जीवन बीमा शून्य दशमलव २० प्रतिशतले बढेको छ ।
तारागाउँ होटल रिजेन्सी लिमिटेड, विशालबजार कम्पनी लिमिटेड र खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा आठ दशमलव ७२ प्रतिशतको गिरावट देखिएको छ ।
Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार