काठमाडौंमा सुरु भयो अन्तर्राष्ट्रिय तामाङ परिषदको विषयगत समितिहरुको विज्ञ भेला

उज्यालो प्रतिनिधि २४ कार्तिक २०८१, शनिबार मुख्य नेटवर्क

काठमाडौं । अन्तर्राष्ट्रिय तामाङ परिषदको आयोजनामा काठमाडौंमा दुई दिने विषयगत समितिहरुको विज्ञ भेला सुरु भएको छ ।

शनिबारदेखि सुरु भएको विज्ञ भेलाको व्यवस्थापन नेपाल तामाङ घेदुङले गरेको छ । भेलामा ९ देशका प्रतिनिधिहरुको भौतिक उपस्थिति रहेको र १५ देशका प्रतिनिधिले भर्चुअल माध्यमबाट सहभागिता जनाउने परिषदका महासचिव टासी लामाले उज्यालो नेटवर्कलाई जानकारी दिए ।

‘विश्वका तामाङहरु एक हौँ, तामाङ सभ्यताको प्रवद्र्धन र विकास गरौँ’ भन्ने मुल नारासहित सुरु भएको विज्ञ भेलामा विभिन्न समितिहरुको विज्ञहरुबीच विचार मन्थन हुनेछ ।

परिषद्को संस्कृति पुनः उत्थान समिति, तामाङ कला, सँस्कृति, साहित्य तथा इतिहास लेखन समिति, तामाङ मानवअधिकार प्रवद्र्धन समिति, भाषा, लिपि तथा शिक्षा प्रवद्र्धन समिति, अध्ययन, अनुसन्धान तथा क्षमता अभिवृद्धि समिति र अन्तर्राष्ट्रिय उच्च स्तरीय तामाङ पञ्चाङ्ग समिति रहेका छन् ।

परिषद्को विज्ञ भेला बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले उदघाटन गरे । उदघाटन सत्रमा बोल्दै मुख्यमन्त्री लामाले विश्वभरका तामाङहरु भावनासहित एकता गर्नका लागि भेलाले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । साथै तामाङ भाषाको लिपीको सन्दर्भमा जारी विवाद समाधान गर्नुपर्ने उनको जोड थियो ।

तर, उदघाटन सत्रमै मन्तव्य दिएका अन्य अतिथिले भने प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री लामाको भनाईको खण्डन गरेका छन् । परिषदका संस्थापक अध्यक्ष परशुराम तामाङले भने, ‘लिपीको सन्दर्भमा हामीले एकमतका साथ निर्णय गरिसकेका छौँ, संस्थागत निर्णयका बारेमा हामी एकमत छौँ, यसमा कुनै विवाद छैन ।’

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार