काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको मृर्गौलाले काम गर्न छाडेको आशंका गरेको छ । उनी निकट स्रोतका अनुसार केही दिनदेखि प्रधानमन्त्री आराममै छन् । प्रधानमन्त्रीले ओलीले दोस्रो मिर्गौला प्रत्यारोपण गरेको चार वर्ष बितेको छ । चार वर्ष भइसकेकाले मृर्गौलाले काम गर्न छाडेको हुन सक्ने आशंका अहिले भइरहेको छ ।
तर, डाक्टरले भने प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरोको संक्रमण भएको जनाएको छ ।
ओलीको निजी चिकित्सक डा. दिव्या सिंह शाहले भाइरल ज्वरो भएको पुष्टि गरिन् । घाँटीमा संक्रमण पनि भएको छ । पछिल्लो समय मौसम परिवर्तन हुँदा भाइरल ज्वरो संक्रमण भएको छ,’ डा। सिंहले अनलाइनखबरसँग भनिन्, ‘अहिले उहाँको स्वास्थ्य अवस्था सुधार हुँदै छ । केही दिन आराम गर्न सुझाव दिएका छौं ।’
मंगलबार डेंगुको आंशकामा रगत परीक्षण गरिएको थियो । तर, उक्त रिर्पोट नेगेटिभ आएको डा। शाहले बताइन् । तर, अन्य कुनै पनि स्वास्थ्य समस्या नभएको डा। शाहको भनाइ छ ।