विराटनगर । आफूखुसी जापान उडेका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीको मन्त्री पद चैट हुने भएको छ ।
मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएका विषय विवादमा परेपछि उनको मन्त्री पद चैट हुने भएको हो । मन्त्री पद चैट हुने पक्का भएपछि उनले आज राजीनानामा दिन लागेका छन् ।
राजीनामा दिनका लागि अधिकारीले केही समयपछि पत्रकार सम्मेलन गर्दैछन् । अधिकारीले नैतिकतामा आधारमा राजीनामा दिन लागेको उनी निकट स्रोतले बताएको छ ।