पूर्ण बहादुरको सारंगी’ अब युरोपको माल्टामा

उज्यालो प्रतिनिधि १९ कार्तिक २०८१, सोमबार मुख्य नेटवर्क

अशिम लोप्चन तामाङ ।

माल्टा ।
चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ युरोपेली मुलुक माल्टामा पनि प्रदर्शन हुने भएको छ। विजय बराल र प्रकाश सपुतको अभिनय रहेको चलचित्र लक्ष्मीपूजाको अवसर पारेर देशभरका हलमा प्रदर्शनमा आएको हो।

‘पूर्ण बहादुरको सारङ्गी’ आउदो नोभेम्बर ९ तारिख र १६ तारिख बेलुकाको १०:४५ बजेको शोमा माल्टाको फागुरा स्थित ग्यालारिया हलमा प्रदर्शन हुने भएको हो ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वायम् केसी, जान्वी पौडेल लगायतको अभिनय छ ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् । फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।

फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ । यो फिल्मलाई नेपाल र अन्तरराष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गरेका छन् ।

उक्त चलचित्र माल्टामा मग्वार्ट प्रडक्सनद्वारा प्रदर्शन गर्न लागेको संयोजक गणेश लामिछानेले उज्यालो नेटवर्कलाई बताए।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार