स्नान, दीपदान गरेर मनाइयो नरक चतुर्दशी

उज्यालो प्रतिनिधि १५ कार्तिक २०८१, बिहीबार समाचार

काठमाडौँ, नरक चतुर्दशी पनि भनिने कार्तिक कृष्ण चतुर्दशीका दिन आज बिहान स्नान, दानका साथ दीपदान गरी मनाइएको छ ।

सूर्योदय अगावै स्नान गरेर सालको पातमा यमदीप दक्षिण दिशामा फर्काएर बगाइएको छ । यसलाई नरक स्नान गर्ने र नरक बगाउने पनि भनिन्छ । आज यसरी नरके बगाएमा नरकको दर्शन गर्नु नपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रका जानकार रामचन्द्र गौतमले राससलाई जानकारी दिए । यसैकारण आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।

आजै कुकुरको पनि पूजा गरिँदै छ । पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज अपराह्न ३ बजेर १३ मिनेटसम्म चतुर्दशी तिथि र त्यसपछि औँसी सुरु हुनेछ । लक्ष्मीपूजा औँसीमा गर्नुपर्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार