पश्चिमी मेक्सिकोमा पत्रकारको गोली हानी हत्या

उज्यालो प्रतिनिधि १४ कार्तिक २०८१, बुधबार विश्व

पश्चिमी मेक्सिकोमा मङ्गलबार राति एक पत्रकारको गोली हानी हत्या गरिएको स्थानीय अभियोजकको कार्यालयले जानकारी गराएको छ ।

स्थानीय रेडियो स्टेसन ‘ला पोडेरोसा उरुपान’का सञ्चालक साथै ‘मिनुटो एक्स मिनुटो आउटलेट’मा पनि समाचार प्रकाशित गर्नुहुने मौरिसियो क्रुज सोलिसको उरुपान सहरमा गोली हानी हत्या गरिएको हो ।
आक्रमणमा अर्का एक जना घाइते भएको अभियोजकको कार्यालयले जनाएको छ ।

क्रुज सोलिस कार्यरत रेडियो स्टेसनले सामाजिक सञ्जालमार्फत उहाँको हत्यामा शोक व्यक्त गरेको छ ।

“मौरिसियो एक सहकर्मी भन्दा माथि हुनुहुन्थ्यो , उहाँ एक असल मित्र, प्रेरणाको स्रोत हुनुहुन्थ्यो”, रेडियोले जनाएको छ ।

लागुऔषध तस्करीसँग सम्बन्धित हिंसाले ग्रस्त मेक्सिको पत्रकारहरूका लागि विश्वको सबैभन्दा खतरनाक देशमध्ये एक हो ।

सन् १९९४ देखि मेक्सिकोमा १५० भन्दा बढी पत्रकार मारिएको ‘रिपोर्टर्स विदाउट बोर्डर्स’ले जनाएको छ ।

क्रुज सोलिसको हत्या अक्टोबर १ मा पदभार ग्रहण गर्नुभएको क्लाउडिया सेनबामको नेतृत्वमा रहेको सरकार गठनपछि पत्रकारको हत्या भएको यो पहिलो घटना हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार