टेबलटेनिसमा नेपालले साउदीलाई हरायो

उज्यालो प्रतिनिधि ११ कार्तिक २०८१, आईतवार खेल

काठमाडौँ, बहराइनको मानामामा जारी आइएसएफ जिम्नासाइडको टेबलटेनिसमा नेपालले महिला ‘टिम इभेन्ट’मा साउदी अरबियालाई पराजित गरेको छ ।

बहराइन नेसनल स्टेडियास्थित इसा स्पोर्ट्स सिटीहल ‘बी’ मा ९ देखि १३औँ स्थानका लागि भएको प्रतिस्पर्धामा नेपालले साउदी अरेबियालाई ४–१ ले पराजित ग¥यो । जीतसँगै नेपालले सोमबार ९ देखि ११औँ स्थानका लागि युगान्डा वानसँग खेल्नेछ । यो खेल जितेमा नेपालले पुनः ९ देखि १०औँ स्थानका लागि खेल्ने अवसर पाउनेछ । नतिजा अनुकूल नआएमा नेपाल ११औँ स्थानमा रहनेछ ।

महिला टिम इभेन्टमा नेपालले समूह चरणमा इङ्ल्यान्ड, अजरवैजान, इटाली र चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गरेको थियो । नेपाल इङ्ल्यान्डसँग ४–३, अजरवैजानसँग ५–२, इटालीसँग ५–२ र चाइनिज ताइपेईसँग ७–० ले पराजित भएको थियो । महिला टिममा नेपालबाट इभाना थापा, वियंका राई, माल्सा नेपाल र विद्विसा मैनालीले खेली रहेका छन् ।

महिलामा नेपालले सिङ्गल्स स्पर्धामा पनि प्रतिस्पर्धा गर्नेछ । पुरुषमा जेविश बुर्लाकोटी र आशिष महताले पनि सिङ्गल्समा नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार