बारामा छ हजार चार सय ७२ हेक्टर धानबाली डुबानमा

उज्यालो प्रतिनिधि २० आश्विन २०८१, आईतवार समाचार

कलैया (बारा), जिल्लामा छ हजार चार सय ७२ हेक्टर क्षेत्रको धानबाली डुबानमा परेको छ । यही असोज १० देखि १२ गतेसम्म अविरल रूपमा परेको पानीसँगै खोलानालामा आएको बाढीले उक्त क्षेत्रमा लगाइएको धानबाली डुबानमा परेको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ ।

केन्द्रका प्रमुख राजनारायण साहले डुबानमा कुन–कुन बालीमा के–कति क्षति भएको बारेमा किसानसँग तथ्याङ्क लिने काम भइरहेको जानकारी दिए । केन्द्रका प्रचार अधिकृत रामजीवन ठाकुरले यस वर्ष कुल बर्खेधान ४६ हजार २० हेक्टर क्षेत्रमा रोपाइँ गरिएको जानकारी दिए ।

मधेस प्रदेश कृिष विकास निर्देशनालय जनकपुरका प्रमुख जितेन्द्र यादवका अनुसार प्रदेशका आठ जिल्लामा ४२ हजार ६९ हेक्टर क्षेत्रमा धानबाली डुबानमा परेको छ । सोमध्ये बारामा मात्र कुल छ हजार चार सय ७२ हेक्टर डुबानमा पर्दा रु ७७ करोड ६६ लाख ४० हजार बराबर क्षति भएको अनुमान गरिएको उनले जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार