मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्नेछुः मन्त्री यादव

उज्यालो प्रतिनिधि १५ आश्विन २०८१, मंगलवार समाचार

काठमाडौँ, १५ असोजः खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्न अधिकतम प्रयास गरिरहेको बत्ताएका छन् ।

सोमबार मन्त्रालयमा मेलम्ची बाढीपहिरो प्रभावित क्षेत्रका जनप्रतिनिधि, सङ्घर्ष समितिका प्रतिनिधि, सङ्घीय सरकारका विषयगत मन्त्रालयका प्रतिनिधिसँगको छलफलमा मन्त्री यादवले मेलम्चीका बाढी, पहिरोपीडितका मागहरुको सम्बोधन गर्न अधिकतम प्रयास गरिरहेको बत्ताए ।

मन्त्री यादवले भने “सङ्घर्ष समितिका जायज मागप्रति हामी चिन्तित छौँ, । मागहरुको सम्बोधन गर्न अधिकतम प्रयास गरिरहेको छु ।” खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेको एक हप्तादेखि आफूले मेलम्ची पीडितका विषयमा जानकारी लिइ यस विषयलाई गम्भीरताका साथ लिएको उनले जानकारी गराए ।

मन्त्री यादवले मेलम्चीका बाढीपीडितका समस्या समाधान गर्ने विषयमा आफूले अनौपचारिक रुपमा मन्त्रिपरिषद्मा कुरा उठाएको र प्रधानमन्त्री, गृहमन्त्रीसँग पनि छलफल गरिरहेको बत्ताए । उनले भने “मेलम्चीपीडितका मुद्दाप्रति मन्त्रालय सकारात्मक छ । छलफल र समन्वयमार्फत समस्या समाधान गर्नुपर्छ ।”

मेलम्चीपीडितका समस्या समाधान गर्न कति सम्भव छन्, राज्यले तत्काल के के गर्न सक्छ ? उक्त विषयमा गृहकार्य गरी एउटा समिति बनाउनुपर्ने भन्दै यसका लागि मन्त्रालयले पहल गर्ने मन्त्री यादवले प्रतिबद्धता जनाए । उनले भने “मन्त्रालय यहाँहरुका जायज माग पूर्ति गर्न लागिरहेको छ । छलफलमार्फत सबैको हित हुने गरी समिति गठन गरी काम अगाडि बढाउने छौँ ।”

जनाताले आफ्ना जायज माग सम्बोधन गराउन सरकारविरुद्ध सडक सङ्र्घष गर्नुपर्ने अवस्था आउने विषय उपयुक्त नभएको बत्ताउदै मन्त्री यादवले भने “सरकारले समस्याको सही समाधान गर्नुपर्छ । समस्या कसरी समाधान गर्न सकिन्छ भनेर छलफल गर्न तपाईंहरुलाई मन्त्रालयमा बोलाएको हुँ । काठमाडौँवासीलाई पानी खुवाउने महान् कार्यमा यहाँहरुको सहयोग आवश्यक छ । सहजीकरण गरिदिन्छ भन्ने आशा लिएको छु ।”

विसं २०७८ पुस २२ गते बसेको सरकारको मन्त्रिपरिषद् बैठकले (मेलम्ची खानेपानी आयोजना) पुनःनिर्माणसम्बन्धी योजना स्वीकृत गरेको थियो । सोअनुसार भौतिक पूर्वाधार मन्त्रालय, जलस्रोत तथा सिँचाइ मन्त्रालय, सहरी विकास तथा भवन निर्माण मन्त्रालयबाट आफ्नो विषयगत क्षेत्रमा पूर्वाधार पुनःस्थापना तथा पुनःनिर्माण गर्नेगरी मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।

यसैगरी मन्त्रिपरिषद्बाट पारित भएको उक्त निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायले इमान्दारितापूर्वक कार्यान्वयन गर्न यादवले आग्रह गर्नुभयो । छलफलमा सहभागी भएका मेलम्ची बाढीपहिरो प्रभावित क्षेत्रका जनप्रतिनिधि, सङ्घर्ष समितिका प्रतिनिधिहरुले आफ्ना मागका विषयमा सरकारले सुनुवाइ गर्नुपर्ने भन्दै तत्काल पानी काठमाडौँ पठाउन सहयोग गरिने बत्ताएका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार