तामाङ कथानक चलचित्र ‘म्हारमेन’ प्रदर्शनको तयारी

उज्यालो प्रतिनिधि ९ आश्विन २०८१, बुधबार कला मनाेरञ्जन

काठमाडौं । लामो समयपछि तामाङ चलचित्रका महानायक अमिर दोङ अभिनित तामाङ कथानक चलचित्र ‘म्हारमेन’ को प्रदर्शनको मिति तय भएको छ ।

मम्स ईन्टरनेशनल नेपालको ब्यानरमा निर्माण गरिएको चलचित्र करिब ५ वर्षपछि यहीँ असोज १९ गते जमलस्थित राष्ट्रिय नाचघरमा विशेष प्रदर्शन गर्ने तयारी गरेको छ ।

काठमाडौंको एक होटलमा पत्रकार सम्मेलन गरि तामाङ चलचित्र म्हारमेनको प्रदर्शन बारे जानकारी गराएका थिए । साथै पत्रकार सम्मेलन मार्फत चलचित्रको टेलर र पोस्टर समेत सार्वजनिक गरेका थिए ।

चलचित्रमा महानायक दोङसंगै नायिका रन्जिता ब्लोन, कुईसाङ रुम्बा, सुस्मा मोक्तान, पदम दोङ, अनिता नेगी, अस्मान वाइबा लगायत कलाकारहरुको विजोड प्रस्तुत रहेको चलचित्र निर्देशक अजय स्याङतनले पत्रकारहरुलाई जानकारी गराए ।

बिक्रम मोक्तानको छायांकन तथा सम्पादन रहेको यस चलचित्रको छायांकन छिमेकी राष्ट्र भारत, सिन्धुपाल्चोक, दोलखा लगायतको रमणीय स्थलहरुमा गरेका छन् । चलचित्र प्रदर्शन अगावै यश चलचित्रको ‘ मि चिम चिम’ लगायतका गीतहरु दर्शकले सर्वाधिक रुचाएका छन् । चलचित्रको गीतमा गायक तथा संगीतकार विशाल काल्तन, फुलकुमार बम्जन, जितु लोप्चन र शशिकला मोक्तानको सुमधुर स्वर सुन्न पाउनेछ ।

यसअघिका चलचित्रहरुमा भन्दा फरक लुक्समा देखा परेका महानायक दोङले म्हारमेन चलचित्रलाई दर्शकले मन पराउने विश्वास लिएका छन् । पत्रकार सम्मेलनमा पत्रकारहरुसंग कुरा गर्दै दोङले यस चलचित्र प्रेम र एक्सनले भरिएको तामाङ कथानक चलचित्र रहेको बताएका छन् ।

तामाङ समुदायको मौलिक कथा र संस्कृतिलाई उजागर गर्न खोजेको यश चलचित्रको प्रस्तुतकर्ता रिन्छेन घिसिङ रहेको छ । चलचित्रको कथा लेखन दोर्जे तामाङ र ऋतुराज पाख्रिनले गरिएको छ भने कथाको परिकल्पना नायिका एवम् निर्माता रञ्जिता ब्लोनको रहेको छ । राजु तामाङको द्वन्द निर्देशन, सह-निर्माता सुनि लामा र विनोद लामा छन् भने एसोसिएट निर्देशक बद्री थिङले चलचित्र निर्देशनमा साथ दिएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार