गलकोटमा सरकारी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु

उज्यालो प्रतिनिधि २८ भाद्र २०८१, शुक्रबार समाचार

बागलुङ । बागलुङको गलकोटमा सरकारी पिकअप गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । आज बिहान लगभग पौने ९ मा बागलुङ गलकोट नगरपालिका-२ भुङखानी स्थित मध्यपहाडी लोकमार्गमा गाडी सडकबाट तल खसेको हो।

रा.१.झ.२०० नं.को सरकारी पिकअप गाडी सडकदेखि अन्दाजी ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए। गाडीमा सवार २ महिला र १ पुरुषको घट्नास्थलमा नै मृत्यु भएको प्रहरीको भनाइ छ ।

१ जना घाइते अवस्थामा फेला परेका र उनको थप उपचारको लागि धौलागिरी अस्पताल बागलुङ पठाइएको छ। घाइते तथा मृतकको पहिचान भने हालसम्म खुलेको छैन।

शव भीरको अप्ठ्यारोमा रहेको र उद्धार कार्यका लागि प्रहरी घटनास्थलमा पुगेको जनाइएको छ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार