राजेन्द्र गजुरेल अर्थात फेन्सिङका एक हस्ति

उज्यालो प्रतिनिधि २५ भाद्र २०८१, मंगलवार कला/साहित्य

राजेन्द्र गजुरेल फेन्सिङका राष्ट्रिय खेलाडी हुन । विभागिय टोली नेपाल सशस्त्र प्रहरीबाट कठोर मिहेनत,खेल प्रतिको लगाव,सहयोगी भावना,टिममा मिलनसार फेन्सिङ खेलाडीको रुपमा स्थापित गजुरेलले राष्ट्रिय तथा अन्तरराष्ट्रिय फेन्सिङ प्रतियोगितामा सहभागी भई देशको नामलाई चिनाउन अग्रसर छन । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङ प्रतियोगितामा एकल सेबरतर्फ गजुरेलले स्वर्ण पदक जितेका थिए । जुन एपिएफका लागि नवौ राष्ट्रिय खेलकुदमा पहिलो स्वर्ण थियो। उनले हालसम्म २, स्वर्ण पदक ३, कास्य पदक र ८ रजत पदक जितिसकेका छन । करिब २२ वर्षको उमेरदेखी फेन्सिङ खेल खेल्दै आएका गजुरेललाई नेशनल च्याम्पियन हुन १० वर्ष लाग्यो ।

बाल्यकाल
राजेन्द्र गजुरेल चितवनको रत्ननगर नगरपालिका वडा नं १५ मा वि.स. २०४६ साल बैशाख २ गते बवा स्व.छत्र प्रसाद गजुरेल र आमा फुल कुमारि गजुरेलको कोखबाट जन्मिएका हुन । उनको बाल्यकाल गाउँमा नै बित्यो । गाउँको नजिकैको जन जागृति उच्च मा. विबाट उनले कक्षा ८ सम्म अध्यन गरे । उनले एसएलसीको अध्ययन काठमाडौँको सान्द्रा ओपन स्कुलबाट गरेका हुन भने श्रीजनादेवी उच्च माद्यमिक विद्यालयबाट उच्च शिक्षा हासिल गरे ।

खेल यात्रा
उनी २०६६ सालमा एपिएफमा आवद्ध भए । २०७० सालमा एपिएफमा फेन्सिङ खेल आयो । २०७० सालभन्दा अगाडि उनी ड्युटिमै कार्यरत थिए । पछी उनमा खेलप्रती रुची जाग्यो । फेन्सिङ संघको सहयोग र एपिएफले स्थान उपलब्ध गराएपछी प्रशिक्षण पनि प्राप्त भयो । शुरुवाती चरणमा उनको परिवारको साथ थिएन ।

सफलता
उनी पहिलोपटक सातौँ राष्ट्रिय खेलकुद २०७३ मा सहभागी भएका थिए । त्यतिबेला टिम सेकेण्ड भएको थियो । राष्ट्रिय खेलकुद च्याम्पियनशिप २०७४ मा टिमले दोस्रो स्थान गर्न सफल भएको थियो । आठौँ राष्ट्रिय खेलकुद २०७५ ७६ मा सिंगल पर्फमेन्सबाट दोस्रो स्थान र टिम दोस्रो स्थान पाउन सफल भयो । त्यही खेलबाट उनको जीवनमा र्कै मोड लियो । त्यसैगरी उनी सहभागी विर गणेशमान सिं फेन्सिङ च्याम्पियनशिप २०७९ मा टिमले स्वर्ण पदक प्राप्त गर्न सफल भयो । धनगढिमा सम्पन्न पहिलो मुख्या मन्त्रि राष्ट्रिय फेन्सिङ कपमा उनले दोस्रो स्थान प्राप्त गर्न सफल भए। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङ प्रतियोगितामा एकल सेबरतर्फ गजुरेलले स्वर्ण पदक जितेका थिए । त्यसैगरी छैटौँ फेन्सिङ च्याम्पियन्शिप २०८१ काठमाडौँमा व्यक्तिगत रजत पदक मा चित्त बुझाए भने टिमको तर्फबाट पनि रजत पदक जित्न सफल भएको थिए ।

त्यसैगरी उनी फेन्सिङ प्रतियोगिताहरुमा बिदेशमा पनि सहभागी भएका छन । सियु ओपन च्याम्पियनसिप २०१९ मा थाइल्याण्ड, तेह्रौं साउथ एसियन गेम नेपालमा सहभागी भई तेस्रो मेडल प्राप्त गर्न सफल भएका थिए । त्येसैगरि इजिप्टको कायरो सम्पन्न वल्र्ड च्यम्पियनशिप २०२१ मा सहभागी,मस्को ओपन सेवर ओपन च्याम्पियनशिप २०२२,ईटालिको मिलान २०२३ मा सम्पन्न वल्डच्याम्पियनसिपमा उनको प्रर्दशन उत्कृष्ट रह्यो । त्यसैगरि उनि उन्नाइसौ एसियन गेम चीन २०२३ मा पनि नेपाललाई प्रतिनिधित्व गर्दै सहभागी भएका थिए।२२ बर्षको उमेरमा खेलकुदमा लागेर च्याम्पियन हुनु र यत्ति धेरै सफल हुनु सानो कुरो होईन यो त अबको पुस्तालाई एउटा प्रेरणाको स्रोत भएका छन उनी ।

खेलाडी जीवनपछिको समय
उनी अहिले खेलाडी जीवनमा नै सक्रिय छन । उनको दैनिकि बिहान ६ बजेदेखि दिउसो १२ बजे सम्म खेल अभ्यासमा नै बित्ने गर्छ । उनी भन्छन ‘खेल जीवन पछिको समयमा रेफ्रि वा संघले जिम्मेवारी दिएमा ग्रासरुटबाट खेलाडि उत्पादन गर्नेछु ।’

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार