अरिँगालले टोकेर ताप्लेजुङमा एकजना घाइते

उज्यालो प्रतिनिधि २१ भाद्र २०८१, शुक्रबार समाचार

ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा अरिँगालले टोकेर एकजना पुरुष गम्भीर घाइते भएका छन्। सिरिजंघा गाउँपालिका– ७ खेबाङका हस्तबहादुर लिम्बूका छोरा ३२ वर्षीय दीपेन लिम्बूलाई अरिँगालले टोकेर घाइते बनाएको हो।

घाइते लिम्बू आफ्नै अलैँची बगान सफा गर्ने क्रममा अरिँगालको गोलामा पुगेपछि अरिँगालले टोकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमलकुमार लुंगेलीले बताए। लिम्बूलाई ५०–६० वटा अरिँगालले टोकेर अचेत अवस्थामा रहेकाले उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक लगिएको थियो।

तेल्लोकमा उपचार हुन नसकेपछि पाँचथर जिल्ला अस्पतालमा रेफर गरिएको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार