अमेरिकाको एक विद्यालयमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु

उज्यालो प्रतिनिधि २० भाद्र २०८१, बिहीबार समाचार

काठमाडौं– जर्जियाको एक हाईस्कूलमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ । सो घटनामा अन्य नौ जना घाइते भएका छन् ।

ब्यारो काउन्टीको विन्डरको अपलाची हाई स्कूलमा बुधबार भएको आक्रमणमा दुई विद्यार्थी र दुई शिक्षकको मृत्यु भएको स्थानीय अधिकारीले जनाएका छन् ।

अधिकारीहरूका अनुसार करिब १९ सय विद्यार्थी अध्ययनरत विद्यालयमा स्थानीय समय अनुसार बिहान करिब साढे दश बजेको समयमा गोलीबारी भएको थियो ।

गोली चलाउने १४ वर्षीय बालक कोल्ट ग्रेलाई प्रहरी अधिकारीले नियन्त्रणमा लिएका छन् । निजलाई हत्याको अभियोग लगाइने भएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार