प्रचण्डको असंसदीय राजनीतिका कारण संसदभित्र किचलो भयो–महासचिव पोखरेल

उज्यालो प्रतिनिधि २० भाद्र २०८१, बिहीबार समाचार

सुर्खेत –नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले ठुला पार्टीहरूलाई जुधाएर आफ्नो भविष्य खोज्ने साना पार्टीका दिन अन्त्य भइसकेको बताएको छ ।

आज सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै महासचिव पोखरेलले राजनीति ध्रुवीकरण गर्दै देशको अस्थिरताको अन्त्य गर्नका लागि दुई ठुला दल नेपाली काँग्रेस र एमाले एक ठाउँमा उभिनु परेको स्पष्ट पारेको हो । जब देशमा अप्ठ्यारो परिस्थिति आउँछ, तब काँग्रेस र एमाले एकै बिन्दुमा उभिएको स्मरण गर्दै महासचिव पोखरेले आउने निर्वाचनमा फेरी पनि काँग्रेस–एमाले एक्ला एक्लै चुनाव लड्नका लागि अहिलेदेखि आन्तरिक तयारी सुरु भइसकेको जानकारी दिनु दिए ।

लोकतन्त्रलाई सुदृढ गर्न निकै आवश्यक भएको बताउँदै उनले त्यसका लागि बलियो शक्ति आवश्यक भएकोले २०८४ मा एमाले मुलुककै बलियो शक्तिका रूपमा स्थापित हुने दाबी गरेका छन । उनले युवाहरूमा निकै निराशावाद पलाएको र त्यस्ता युवालाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने उद्देश्यले सरकारले स्टार्टअप उद्यम कर्जा ल्याएकाले लाभ लिन आग्रह गरेका छन । उनका अनुसार पछिल्लो समय एमाले–काँग्रेसको सरकार बनेपछि देशको राजश्वमा समेत वृद्ध हुन थालेको छ ।

नेपालको मौलिक संस्कृतिमाथि अतिक्रमण गर्ने काम भइरहेको बताउँदै उहाँले विभिन्न जात, धर्म वर्गका नाममा गरिने अतिवाद अन्त्य गर्न आवश्यक रहेको औँल्याउनु भयो । प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ को असंसदीय राजनीतिका कारण संसद्भित्र किचलो भइरहेको बताउँदै उनले लोकतन्त्रको हिमायती तथा जिम्मेवार व्यक्तिले श्रीलङ्का र बङ्गलादेश उदाहरण दिएर देशमा अराजकता फैलाउन खोज्नु गलत भएको बताए।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार