दाङ । दाङको घोराही उपमहानगरपालिका -१५,स्थित नेपालकै पुरानो र यस क्षेत्रको सबैभन्दा पुरानो सर्वोदय पुस्तकालय तथा वाचनालयद्वारा आज ई-पुस्तकालयको उद्घाटन भएको छ।
यो पुस्तकालयले दाङ क्षेत्रको शैक्षिक विकासमा महत्वपूर्ण भूमिका खेलेको छ । यसले विगतदेखि नै ज्ञान र शिक्षाको प्रसारमा योगदान गर्दै आएको छ। नयाँ प्रविधिको प्रयोग गरी ई-पुस्तकालयको स्थापना गरेर, पुस्तकालयले समयसापेक्ष विकासलाई आत्मसात गर्दै, डिजिटल युगमा कदम मिलाउने उद्देश्य राखेको छ।
उक्त उद्घाटन समारोहमा प्रमुख अतिथि नारायण प्रशाद शर्माको उपस्थिति रहेको थियो । साथै बिशिस्ट अतिथिहरुमा नेपालबार एसोसिएसनका अध्यक्ष गोमा महरा,नेपाल पत्रकार महासंघका अध्यक्ष दुर्गालाल के सि लगायत विभिन्न स्थानीय शिक्षक, बुद्धिजीवी,पत्रकार साहित्यकार,विद्यार्थी, समाजका अग्रज व्यक्तिहरूको व्यापक उपस्थिमा ई-पुस्तकालयको उद्घाटनसँगै, पाठकहरूले अहिलेसम्म एघार हजार थान पुस्तक भौतिक उपस्थिति पढ्न र अनलाइन माध्यमबात विभिन्न पुस्तकहरू अध्ययन गर्न र डाउनलोड गर्न मिल्ने -“अध्यक्ष सुशील गौतमले” बताएका छन्।
साथै समग्रमा प्रमुख अतिथि,बिशिस्ट अतिथि लगायतका वक्ताहरुले पुस्तकालयले विशेष गरी ग्रामीण क्षेत्रका पाठकहरूलाई अध्ययनका अवसरहरूमा सहज पहुँच प्रदान गर्ने विश्वास गर्नुको साथै सर्वोदय पुस्तकालयले सधैं समयको माग अनुसार आफूलाई परिवर्तन गर्दै ल्याउने र पुस्तकालयले अब आफूलाई राष्ट्रिय स्तरमै डिजिटल पुस्तकालयहरूको अग्रणीको रूपमा स्थापित गर्ने लक्ष्य राखेको कुरा बताएका छन् ।