धादिङ । म्हेन्दोमाया कलाकार संघद्धारा आयोजित बृहत म्हेन्दोमाया प्रतियोगिता सम्पन्न भएको छ । धादिङ नुवाकोट रसुवाको सिमाना सिङ्ल्हा रुप्चेतमा भाद्र २,३ गते कार्यक्रम आयोजना गरेको हो । उक्त प्रतियोगितामा किस्पाङ ४ ए ले प्रथम स्थान हासिल गर्न सफल भयो भने रुबी भ्याली द्धितिय र किस्पाङ ४ बि तेस्रो स्थान हासिल गर्न सफल भएको थियो । मौलिक कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने हेतुले कार्यक्रम आयोजना गरेको म्हेन्दोमाया कलाकार संघका अध्यक्ष एंव नायक आरम्भ तामाङ्ले बताए । अध्यक्ष तामाङले कार्यक्रम सफल बनाउनका निम्ती प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आर्थिक,नैतिक र भौतिक रुपमा सहयोग गर्नुहुने सम्पूर्णलाई धन्य्वाद ज्ञापन समेत गरे ।
खनियाबास गाउँपालिकाका प्रमुख रण बहादुर तामाङको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा नेपाली कांग्रेसका पुर्व क्षेत्रीय सभापति योग बहादुर तामाङ रहेका थिए । प्रमुख गाउँपालिकाका प्रमुख रण बहादुर तामाङले यस्ता प्रतियोगिताले म्हेन्दोमायाको प्रवर्द्धनमा ठुलो सहयोग पुग्ने बताए । साथै उनले आगामी दिनहरुमा पनि यस्ता संस्कार र संस्कृति जोगाउनका निम्ती कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिए । निर्णायक मण्डलमा गायक एंव संगीतकार सागर एस वाईबा, लेख योन्जन, गायिका रमला पाख्रिन ,राज किङ वाईबा रहेका थिए । प्रतियोगीतामा रुबि भ्याली, किस्पाङ, म्यागाउ गाउँपालिकाबाट प्रतियोगीहरु सहभागी भएका थिए ।
कार्यक्रममा विभिन्न गाउँपालिकाका पालिका प्रमुख ज्युहरु, वडा सदस्य ज्युहरु , विभिन्न राजनितिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो ।