काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका विदेशसचिव विक्रमल मिस्रीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरवारमा उनिहरुबीच भेटवार्ता भएको हो।
परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेशसचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणमा काठमाडौं आएका छन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले उनलाई स्वागत गरेको थियो। परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुने छ।
भारतका विदेशसचिवको यो भ्रमण नियमित हो। उनि हालै विदेशसचिवमा नियुक्त भएको हो। विदेशसचिव मिस्री भोलि साउन २८ गते स्वदेश फर्कनेछन्।