सुनसरी । डेढ वर्षीया भतिजीको हत्या गरेको आरोपमा प्रहरीले काकालाई पक्राउ गरेको छ। शनिबार अपराह्न सुनसरीको इटहरी उपमहानगरपालिका– ५ का ३० वर्षीय शालिग्राम लुइँटेललाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार डेरा गरी बस्दै आएका लुइँटेलले दाजु नवराज लुइँटेलकी डेढ वर्षीया छोरी आइन्सु लुइँटेललाई आफ्नै डेराभित्र धारीलो ब्लेडले घाँटी र टाउकोमा चिरी हत्या गरेका हुन्।
हत्या आरोपी लुइँटेल लामो समयदेखि मनोरोगको औषधि सेवन गर्दै आएकाे बताइएको छ। उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।