११ आश्विन २०७६, शनिबार

ट्याक्टर पल्टिँदा ११ मजदूर घाइते

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ आश्विन २०७६, शनिबार फोटो समाचार
17Views
Shares

धादिङ । धादिङबेँसी सल्यानटार सडक निर्माणको काम गरिरहेका मजदूर बोकेको ट्याक्टर पल्टिँदा आज ११ मजदूर घाइते भएका छन् ।

नव कातिन्पुर कन्सट्रक्सन निर्माणको काम गरिरहेका मजदूर बोकेर काम गर्ने स्थानतर्फ जाँदै गर्दा ना ६ त २७८० नं को ट्र्याक्टर पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानाकारी दिए ।

यो पनि पढ्नुहोस् ...  हत्या अभियोगमा पक्राउ परेका १५ वर्षीय बालकलाई जन्मकैदको फैसला

तीव्र गतिमा गुडेको ट्याक्टर अनियन्त्रित भइ घुम्तीमा पछिल्लो भाग पल्टिएपछि मजदूर सबै घाइते भएका हुन् । घाइतेमध्ये जाजरकोटको छेडागाउँ नगरपालिकाका कर्णबहादुर चदरालाई धादिङबेँसीस्थित जिल्ला अस्पतालमा उपचार हुन नसकी चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ ।

यो पनि पढ्नुहोस् ...  प्युटार आश्राङमा फौजी किराको प्रकोप, कृषकको खेतबारी मै गएर नियन्त्रण गर्दै गाउँपालिका

यस्तै जाजरकोटबाट काम गर्न आएका हरिबहादुर शाही, कर्णबहादुर शाही, तेजबहादुर राउत, मेनबहादुर शाही, पूर्णबहादुर डाँगीलगायतका १० मजदूरको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार