बंगलादेशको झल्को दिने बुटवल क्याम्पसको विद्यार्थी आन्दोलन: राजिनामा दिन बाध्य भए क्याम्पस प्रमुख

कमल राज पुरी २५ श्रावण २०८१, शुक्रबार लुम्बिनी

बुटवल । केहिदिन अघि बंगलादेशमा विद्यार्थी आन्दोलन चर्किदा प्रधानमन्त्री शेख हसिना वाजेद पद त्यागेर बिदेश पलायन हुन बाध्य भईन् । त्यस्तै रुपन्देहीको बुटवलमा विद्यार्थी आन्दोलन चर्किदा क्याम्पस प्रमुख राजिनामा दिन बाध्य भएका छन् ।
बंगलादेशमा आरक्षणको बिषयलाई लिएर भएको आन्दोलनले ठूलो रुप लिएको थियो भने त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रम ल्याउने क्रममा प्रधानमन्त्री केपि शर्मा ओलीले रोकेको बिषयमा अखिल (क्रान्तिकारी) सहित ७ विद्यार्थी संगठनहरुले विरोध स्वरुप आन्दोलन गरेका थिए। उक्त आन्दोलन चर्किदै गएपछि क्याम्पस प्रमुख डा। खिमानन्द न्यौपानेले बिहिबार उपकुलपति समक्ष राजिनामा पेस गरेका छन् ।

क्याम्पसमा अखिल (क्रान्तिकारी), अनेरास्वियु,अखिल समाजवादी,समाजवादी विद्यार्थी युनियन ,नेपाल समाजवादी विद्यार्थी युनियन,अखिल छैटौ र अखिल नेपाल विद्यार्थी युनियनले मँगलबारदेखि प्रधानमन्त्री केपि ओलीको कदमको विरोध स्वरुप आन्दोलन थालेको अखिल (क्रान्तिकारी) बुटवल बहुमुखी क्याम्पसका अध्यक्ष शिव खबासले उज्यालो नेटवर्कलाई बताए ।
आन्दोलनरत विद्यार्थी संगठनले क्याम्पस प्रमुखको कार्यकक्षमा लगाएको ताला एमाले निकट अनेरास्वियुले फोडेको थियो भने ब्यानर पनि च्यातिदिएको थियो । यी विषयहरुको सहमति गर्न सबै विद्यार्थी संगठनहरुको बैठक गर्ने भनिएको थियो जसमा नेविसंघ पनि उपस्थित थियो ।

बुधबार क्याम्पस प्रशासनले प्रहरी बोलाएर निर्दोष विद्यार्थी माथी क्याम्पस प्रशासन भित्रै लाट्ठी चार्ज गरेको कुरामा आपत्ति जनाउँदै क्याम्पस प्रमुखलाई नेविसंघले ज्ञापन पत्र बुझाउने कार्यक्रम राखेको थियो तर क्याम्पस प्रमुख उपस्थित नभएपछि क्याम्पसमा तालाबन्दी गरेको नेविसंघका केन्द्रीय सदस्य प्रदिप घर्ती मगरले बताएका छन् । बिहिबार क्याम्पस प्रमुखले राजिनामा दिएपछि नेविसंघले ताला आफैं खोलेको थियो । क्याम्पस प्रमुखले भने अस्वस्थ भएको कारणले राजिनामा दिएको बताएका छन्।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार