माओवादीका दुई विकल्प : सुध्रिने कि सकिने ?

विजय कुमार गुप्ता २४ श्रावण २०८१, बिहीबार

तत्कालीन विद्रोही नेकपा माओवादी र तत्कालीन संसदवादी सात दलहरुबीच २०६२ सालमा गिरजाप्रसाद कोइरालाको अग्रसरतामा १२ बुँदे सहमति भएर १० वर्षे जनयुद्धको अन्त्य र शान्ति समझौता भएको थियो । शान्ति प्रक्रियादेखि आजसम्ममा माओवादी पार्टी झण्डै दर्जन भन्दा बढी समूहमा विभाजन भएको छ । माओवादीबाट विभाजित भएर बनेका दर्जनौँ समूहमध्ये संसदवादी राजनितीमा नेकपा (माओवादी केन्द्र) मात्रै मुख्य रुपमा अस्तित्वमा रहेको छ ।

जनयुद्धको जगमा लामो राजतन्त्र ढाल्नमा माओवादी पार्टीको ठुलो योगदान छ, जनताको अधिकारको लागि माओवादीले विभिन्न एजेण्डाहरु अघि सारेर संघीयता, गणतन्त्र, समावेशी लोकतन्त्र, धर्म निरपेक्षता लगायत स्थापित गर्न खोजेको छ र हाल देश यही एजेण्डाको वरीपरी केन्द्रित छ ।

हालको राष्ट्रिय राजनीतिमा पुरानो राजनैतिक शक्तिहरू कांग्रेस र एमाले हाबी भएको छ र माओवादी शक्ति रक्षात्मक अवस्थामा पुगेको छ । माओवादीले कांगे्रससँग गंठबन्घन गरेर देशको जेठो पार्टी कांग्रेसलाई बनाउन सफल भएको छ । तर आफ्नो माओवादी पार्टीलाई रक्षात्मक अवस्थामा लाई पुर्याएको छ । आफूलाई अग्रगामी र संविधान निर्माणको ठुलो शक्ति भनिने माओवादी कांग्रेस लगायत गठबन्धनको सहयोगमा प्रत्यक्षतर्फ जम्मा १८ सिट मात्र सीमित हुन पुगेको छ ।

माओवादी जनयुद्धको नेताहरु मध्ये नेकपा गठन र विभाजीत हुदै एमालेमा गएको रामबहादुर थापा समूहमध्ये प्रतिनिधि सभामा प्रत्यक्षतर्फ टोपबहादुर रायमाझी र ज्वाला कुमारी साह त्यस्तै मधेशको प्रखर नेता पार्टी नै गठन गरी आम जनता पार्टीबाट प्रभु साह संघीय सांसदमा जितन सफल भएका छन, यी बाहेक पात्रहरु निर्वाचनमै भाग लिएका अन्य माओवादी जनयुद्धको नेताहरु प्रायः जसो जमानतसमेत जोगाउन सकेनन् । पछिल्लो स्थानीय निर्वाचनमा माओवादीले गंठबनघनले पार्टी नेताहरुको एक्लै लड्ने आत्मविश्वाश गुमेकोे प्रमाणित गरेको छ ।

माओवादी आदोलन दर्जन भन्दा बढीमा विभाजित छन् र मुख्य रुपमा माओवादी केन्द्रभित्र पनि विभिन्न आधा दर्जन जस्तो गुट–उपगुटमा विभाजित छन् । सबै गुट वा उपगुटको नेताज्युहरु पार्टी अध्यक्ष प्रचण्डसँग जोडिएका छन तर अध्यक्ष प्रचण्डले यो गुट–उपगुट किन समाप्त पार्न सकेन ? आजको महत्वपूर्ण प्रश्न हो यो ।

शान्ति समझौतादेखि सत्तामा टासी रहने माओवादीको सत्ता यात्राले जनयुद्धको बेला जनतालाई दिएको बाचा प्रायः जसो पुरा गर्न सकेन त्यस कारणले जनतासँगको सम्बन्ध टुटन गयो । जनतासँग सम्बन्ध किन टुट्यो ? माओवादी घटकहरू किन पटकपटक टुटफुट र विभाजन भइरहेको छ ? अरु परम्परागत पार्टी भन्दा फरक किन देखिएन ? सत्तालाई नै शक्ति ठान्ने काम मात्र किन भयो ? माओवादीले गम्भीरतापूर्वक यी विषयमा समीक्षा गर्न जरुर आवश्यकता छ ।

निरन्तर सत्तामा बसेको माओवादी पार्टी कसरी अगाडी बढाउने र जनमत जोगाउँदै कसरी बढाउने भन्ने उकुसमुकुस सबै पार्टी पंक्तिमा छ । पार्टीको आन्तरिक लोकतत्रको अभावले पनि पार्टी खुम्चिएको छ । माओवादी केन्द्रको पछिल्लो पदाधिकारी वैठकमा पार्टीको उप–महासचिवले त सबै पदाधिकारीले कमजोरीहरुको नैतिक रुपमा जिम्मेवारी लिँदै राजिनामा दिनुहुने प्रस्ताव समेत राखेका छन् ।

वामपन्थी शक्तिहरूसँग एकता किन हुन सकेन ? यस प्रशनको उत्तर माओवादी पार्टी भित्रको नेताहरुले खोज्न आवश्यक छ । माओवादीसँग अब दुइ विकल्प छ, एक सुध्रिने अर्को सकिने । कुन विकल्पमा जाने त्यो अब माओवादीका नेतृत्वको हातमा छ ।

माओवादी शक्तिहरु विभाजन हुँदा माओवादी आन्दोलन र इतिहासलाई कमजोर बनाएको छ, अन्तरसंघर्षलाई माओवादीको पार्टी अध्यक्ष प्रचण्डले स्थायी समाधान गर्न सक्नुभएन । अबको बाटो सम्पुर्ण बामपन्थी शक्तिहरुलाई एक ठाउँमा ल्याएर अन्तर संघर्षलाई व्यवस्थापन गर्दै जनतामाझ जानु बाहेकको विकल्प अब माओवादीसँग छैन ।

सरकारमा हुँदाको पार्टीको पछिल्लो काम कारबाहीहीको जानकारी गराउँदै जनतालाई दिएको वाचा पुरा गर्नुपर्ने लाग्नुपर्छ । र, सत्ताबाट सडकमा बजारिएका माओवादी वामपन्थी शक्तिहरूसँग एकता गरि सत्ता मोह त्यागेर जनतामा जानुपर्छ र गरेको गल्ती कमजोरीलाई आत्म समीक्षा गर्नुपर्छ यसले एकटा बलियो पार्टीको आधार निर्माणमा सहयोग पुग्छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *