बिदा भए राखेप उपाध्यक्ष कोइराला

उज्यालो प्रतिनिधि २३ श्रावण २०८१, बुधबार समाचार

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोइराला ४ वर्षे कार्यकाल पूरा गरेर बिदा भएका छन् ।

२०७७ साल साउनको १२ गते राखेपको उपाध्यक्षमा नियुक्त भएका कोइरालाले राखेपको जिम्मेवारीबाट हटे पनि आफू खेलकुदको विकासमा लागिरहने बताए ।

आफ्नो कार्यकालमा खेलकुद क्षेत्रमा केही परिवर्तन भएको उनले बताए । ‘कयौं वर्षसम्म बोर्ड बैठक बस्न नसकेको, कर्मचारीको बढुवा हुन नसकेको, खेल संघहरुले आफूलाई नवीकरण नगरी बस्ने विगत भन्दा यस पटक केही विधिको सुरुवात भएको अनुभव गरेको छु’, बिदाइ कार्यक्रममा कोइरालाले भने ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलाडीलाई बर्गीकरण गरी स्वास्थ्य र शिक्षामा सहुलियत दिन सकिने बताए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलकुदको विकासका लागि सबै पक्षबीच एकता हुनुपर्ने धारणा राखे ।

उनले खेलकुद बीमालेख कार्यान्वयनमा ल्याइएको तथा कानुनी रुपमा नै खेलाडीको पुरस्कार सुनिश्चित गरेको बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार