नेपालीले आफ्नो विवाद आफैँ समाधान गर्न सक्छन् भन्ने ‘युनिक’ सन्देश विश्वलाई दिएको छ : देउवा

उज्यालो प्रतिनिधि २३ श्रावण २०८१, बुधबार समाचार

 

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलबीच भएको सहमतिले नेपालको शान्ति प्रक्रियालाई नेपाली आफैँले समाधान सक्षम छन् भन्ने सन्देश दिएको बताएका छन्।

सिंहदरबारमा आयोजित कार्यक्रममा संक्रणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदलमा भएको सहमतिको प्रतिवेदनलाई बुझ्दै उनले नेपालीले आफ्नो विवाद आफैँले समाधान गर्न सक्छन् भन्ने उदाहरण दिएको बताएका हु्न्।

तीन प्रमुख दलका शीर्ष नेतासमक्ष बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गठित राजनीतिक कार्यदलले आज प्रतिवेदन हस्तान्तरण गरेको हो।

पूर्वप्रधानमन्त्री देउवाले भने,‘टीआरसीमा देखिएको विमतिका विषय समाधान गर्न गठित कार्यदलले नेपालीले आफ्नो विवाद आफैँले समाधान गर्न सक्छन् भन्ने युनिक सन्देश दिइ विश्वलाई अनुकरणीय उदाहरण दिएको छ।’ उनले सहमति कार्यान्वयनमा सहमति मिलोस् भन्ने कामना गरेका छन्।

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार