टीआरसी कार्यदलको प्रतिवेदन तयार, भोलि शीर्ष नेतालाई बुझाउने

उज्यालो प्रतिनिधि २२ श्रावण २०८१, मंगलवार समाचार

काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदलले कार्यदलस्तरको प्रतिवेदनलाई अन्तिम रुप दिएको छ ।

कार्यदल सदस्य एवं नेकपा एमालेका मुख्य सचेतक महेश बर्ताैलाका अनुसार तयार भएको प्रतिवेदन बुधबार शीर्ष तीन नेतालाई बुझाइने छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुधबार बिहान ११ बजे बुझाउने तय भएको छ ।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहान ११ बजे तीन नेताले कार्यदलको प्रतिवेदन बुझ्ने तय भएको छ ।

 

१३ असारमा गठन भएको कार्यदलमा एमालेबाट बर्तौला, कांग्रेसबाट रमेश लेखक र माओवादीबाट जनार्दन शर्मा सदस्य थिए ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार