मोरङमा भारतीय सीमा नाकाबाट फर्काइए बंगलादेशी नागरिक

उज्यालो प्रतिनिधि २२ श्रावण २०८१, मंगलवार समाचार

विराटनगर । प्रहरीले विराटनगरको रानी नाकाबाट एक बंगलादेशी नागरिकलाई फिर्ता पठाएको छ । मंगलबार भारतको जोगवनी हुँदै नेपाल प्रवेश गर्न खोजेका बंगलादेश टाङगाई पुराबरीका ४६ वर्षीय उत्तम सरकारलाई प्रहरीले फिर्ता पठाएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नवराज कार्कीका अनुसार प्रहरीले विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट उनलाई भारततर्फ नै फिर्ता पठाएको हो ।

नाकामा चेकजाँच गर्ने क्रममा उत्तमको साथबाट बंगलादेशको नागरिक रहेको परिचय पत्र भेटिएपछि फिर्ता पठाएको उनले जानकारी दिए ।

कार्कीका अनुसार प्रहरीले नाकामा उच्च सतर्कता अपनाएको छ । बंगलादेशमा आरक्षण विरोधी आन्दोलन उत्कर्षमा पुगेपछि सोमबार प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी थिइन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार