कराँतेमा नेपाललाई स्वर्ण पदक दिलाएका सागर मोक्तानको बधाईमा भव्य कार्यक्रम सम्पन्न

उज्यालो प्रतिनिधि १७ श्रावण २०८१, बिहीबार प्रदेश खबर

भक्तपुर । भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराँते प्रतियोगितामा स्वर्ण पदक दिलाउन सफल काभ्रे महाभारत गाउँपालिकाका सागर मोक्तानको जन्मदिनको अवसरमा बधाई तथा शुभकामना ज्ञापन कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय खेलाडी सागर मोक्तान १७ वर्ष पुगेको अवसरमा भक्तपुरमा आयोजित कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको हो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्व, आफन्त एवं शुभचिन्तकहरुको बाक्लो उपस्थिति थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुर्यमान दोङ लालध्वजले सागर मोक्तान सिंगो देशको सम्पति भएको बताए । ‘सागर भाईले देशको प्रतिष्ठा बढाएका छन्, कराँतेमा स्वर्ण पदक दिलाएर सागरले देशको उचाईलाई संसारभर चिनाएका छन्’ उनले भने, ‘सागर मोक्तान भाईको थप प्रगती र विकासका निम्ति मैले गर्नुपर्ने साथ र सहयोगमा कुनै कमी आउन दिने छैन ।’

त्यसैगरी बागमती प्रदेश सरकारका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य तीर्थ लामाले सागर मोक्तानसँग खेलाडीमा हुनुपर्ने गुणहरु भएको बताए । उनले भने, ‘असल खेलाडीमा हुनुपर्ने सबै गुण सागर भाईमा छ, मेरो र पार्टीको तर्फबाट गर्नुपर्ने सहयोगमा कुनै कमी आउन दिने छैन’ उनले भने ।

यस्तै नेकपा एमाले काभ्रे जिल्ला कमिटिका अध्यक्ष राजन भुर्तेलले महाभारतलाई संसारभर चिनाउनका लागि सागर मोक्तानले खेलेको भूमिका अतुलनीय रहेको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा सागरको जन्मदिनको केक काटिएको थियो भने आफन्तजनले टिका लगाएर उनलाई शुभकामना र आशीर्वाद दिएका थिए । उपस्थित अतिथि एवं सहभागीहरुले उनलाई थप प्रगतीको कामनासहित शुभेच्छा व्यक्त गरेका थिए ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार