हमासका सेना प्रमुखको मृत्यु भएको पुष्टि

उज्यालो प्रतिनिधि १७ श्रावण २०८१, बिहीबार समाचार


तेल अभिभ
। गत महिना गाजापट्टीमा भएको एउटा हवाई हमलामा हमास सेनाको प्रमुख मोहम्मद डाइफको मृत्यु भएको छ । उनको मृत्युको पुष्टि इजरायलको सेनाले गरेको हो । जुलाई १३ मा खान युनिस क्षेत्रमा डाइफलाई लक्षित गरेर हमला गरिएको थियो । उनको मृत्युको हमासले भने पुष्टि गर्न बाँकी छ ।

अक्टोबर ७ मा दक्षिणी इजरायलमा १ हजार २०० जनाको ज्यान जाने गरी भएको हमलाको योजनाकारमध्ये डाइफ पनि एक रहेको इजरायलले बताउँदै आएको थियो । तेहरानमा इजरायलले गरेको हवाई आक्रमणमा हमासका शीर्ष नेता इस्माइल हानियाको हत्या भएको एक दिनपछि इजरायलको यो घोषणा आएको हो ।

डाइफ हमासको सैन्य इकाई इजेदिन अल–कासम बिग्रेडका प्रमुख हुन् । दशकौँसम्म उनी इजरायलको मष्ट वान्टेडको सूचीमा थिए । यसअघि पनि पटक पटक उनको हत्याको प्रयास भएका थिए । तर यस अघिका सबै प्रयासमा उनी बाँच्न सफल भए । सन् २००२ मा उनलाई मार्न रचिएको षडयन्त्रमा भने डाइफले आफ्नो एक आँखा गुमाएका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार