देउखुरीमा फलामको रड प्रहार गरि श्रीमतीको हत्या

उज्यालो प्रतिनिधि १४ श्रावण २०८१, सोमबार लुम्बिनी

देउखुरी, १४ साउन । दाङमा श्रीमानले धारिलो हतियार (रड) प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । राजपुर गाउँपालिका वडा नम्बर १ ताउले देखि अगाडि रसरीखोला निवासी ३८ वर्षीय गणेश घर्तीले आइतवार राती मदिरा सेवन गरि आफ्नै श्रीमती ३६ वर्षीय बसन्ती घर्तीलाई टाउकोमा धारिलो हरियार (रड)ले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख कालीका कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार श्रीमान् श्रीमती बिच पहिल्यै देखि पारिवारिक झै–झगडा हुने गथ्र्यो । दुबैले मदिरा सेवन गरि झगडा गर्ने गरेको पाइएको हो । आइतवार बेलुकी खाना खाएर सुतेको र सोमबार विहान ९ ः ३० बजेसम्म घरको ढोका नखुलेको हुदाँ स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख कालीका कार्कीको कमाण्डामा ५ जनाको टोली ढोका खोली हेर्दा श्रीमानले श्रीमतीको टाउकोमा धारिलो हरितयार (रड) प्रहार गरि हत्या हो, प्रहरी प्रमुख कार्कीले भन्नुभयो,–। श्रीमानलाई घटनास्थलबाटै नियन्त्रण्मा लिइ थप अनुसन्धान भइरहेको छ । शवलाई पोष्टमार्टमको लागि लमही अस्पताल पठाइएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार